काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्वास्थ्य शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेजलगायत अन्य संस्थामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज निवेदन दर्ता गरेको छ ।
पार्टी कार्यालय धूम्रबाराहीबाट पार्टी निकट नौ भ्रातृ सङ्गठनले जुलुससहित टङ्गालस्थित कार्यालयमा बुझाएको निवेदनमा दोषी भनिएको चिकित्सा कलेजमाथि छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउनुपर्नेलगायत माग गरिएको छ । अतियमिततामा संलग्न मानिस तथा पक्षले आर्थिक लेनदेनका लागि गरेको अडियो टेप रेकर्डसहित आयोगमा बुझाइएको पार्टी नेता देवेन्द्र प्रधानले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले सार्वजनिक महत्वको सो विषयको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिँदै त्यसो हुन नसकेमा आपूmहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।



तपाईको प्रतिक्रिया