महोत्तरी, भदौ १८ गते । नेकपा (माओवादी) का संयोजक मातृकाप्रसाद यादवले शीर्ष तहका नेता इमान्दर नभएका कारण मधेसलगायतका क्षेत्रमा बारम्बार आन्दोलन भइरहेको बताउनुभएको छ ।
आज महोत्तरीको औरहीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै संयोजक यादवले विगतमा तत्कालीन सरकारले मधेसी दलका नेतासँग गरेको निर्णयको कार्यान्वयन गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुले इमान्दारिता नदेखाएका कारण मधेसमा पुनःआन्दोलन भएको हो भन्नुभयो ।
अब बन्ने नयाँ संविधानमा मधेसी, मुस्लिम, आदिवासी, जनजातिलगायत सम्पूर्ण वर्ण, धर्मलाई समानरुपले अधिकार स्थापना गरिनुपर्ने उहाँको भनाइ थियो ।



तपाईको प्रतिक्रिया