कलैया, भदौ १५ गते । संयुक्त मधेसी मोर्चा र प्रहरीबीच आज दिउँसो यहाँ झडप भएको छ । झडपमा प्रहरीले चलाएको रबरको गोली लागेर केही आन्दोलनकारी घाइते भएका छन् ।
बाराको कलैयामा प्रहरीको गोली लागि आज दिउँसो एक जनाको प्रदर्शनकारीको मृत्यु भएको छ । कलैयाको मुख्य चोकमा आन्दोलनकारी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा कलैया १० का हिफाजत मियाँको मृत्यु भएको हो । उनको छातीमा गोली लागेको छ ।
मधेस बन्दको आज १७ औँ दिन दिउँसो कलैयाको भरत चोकमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको बताइएको छ । घाइते आन्दोलनकारीको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ ।
अहिले कलैयाको अवस्था तनावग्रस्त छ ।



तपाईको प्रतिक्रिया