काठमाडौ भदौ १३ गते । मधेश आन्दोलनको क्रममा भदौ १ गते सप्तरीको भारदहमा मधेसी मोर्चाले आयोजना गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका भारदह–१ निवासी राजीव राउत भनिने राजेन्द्र राउतकी श्रीमती निलम देवी राउतलाई सप्तरीको शम्भुनाथ नगरपालिका वार्ड नम्बर–६ घर भई अमेरिकामा बस्दै आएका सत्येन्द्रकुमार साहले सहयोग गरेको छ ।
सत्येन्द्रले पठाएको राहत स्वरुप एक लाख एक हजार रुपैया नगद उनका बुवा राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरी जिल्ला अध्यक्ष तथा तेली कल्याण समाज नेपालका केन्द्रिय सदस्य उम्देश्वरप्रसाद साहले सहिदका श्रीमतीलाई प्रदान गरेको छ ।



तपाईको प्रतिक्रिया