Khadya Bibhag

मधेशी सभासद राजिनामा दिई आन्दोलनमा आउन राजेन्द्रको आग्रह

जनकपुरधाम, भदौ १० गते । संविधानसभाको औचित्य नभएको भन्दै सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधानसभा सत्ता र भत्तामा मात्र सीमित रहेको बताए ।
उनले संविधानसभामा बस्नुको औचित्य नभएकाले र सो सभामा विरोधको गर्नु भन्दा विद्रोहको आवश्यकता रहेको बताए । उनले कैलालीमा भएको घटनातर्फ इंगित गर्दै भने नेपाली सेनाले समेत विभेदपूर्ण रुपमा काम गरेको पाइएको धारणा राखे । उनले कैलालीमा राज्यको सम्पूर्ण सुरक्षा निकायको उपस्थितिमा अत्यन्त कडा पारी कफ्र्यू लागेको बेलामा जनताको घरमा आगो लाग्नु, जर्वजस्तीरुपमा घरघरमा घुसी चेलीबेटीमाथि हातपात तथा दूव्र्यव्यहार भएको भन्दै उनले सेनाले मधेशी र थारुहरुले आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको बेलामा विभेदपूर्ण तरिकाले भेदभाव र पूर्वाग्रही ढंगले जाइलाग्नु गलत भएको समेत बताए ।

उनले कैलालीसहित मधेश क्षेत्रमा राज्यले बडो षड्यन्त्रपूर्वक जनतामाथि विभेदपूर्ण तरिकाले दमन गरेको स्पष्ट पारे । उनले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्ने बताएका छन् । अध्यक्ष महतोले टीकापुरमा भएको घटना दुर्भाग्यपूर्ण भएको र राज्यले नै षड्यन्त्रपूर्ण घटाएको समेत आरोप लगाए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग ०६४ सालमा भएको सम्झौता लागू गर्नुपर्ने र सोही सम्झौताअनुसार संविधान बन्नुपर्ने भन्दै अध्यक्ष महतोले भने सो सम्झौता पूरा भएन भने अब वार्तामा बस्नु पर्ने आवश्यकता नरहेको स्पष्ट पारे । एक प्रश्नको जवाब दिदैँ उनले मोर्चाको सबै घटक संविधानसभाबाट राजीनामा दिएर आन्दोलनमा आउनुपर्ने आवश्यकता रहेको समेत औल्याए ।

अनिश्चितकालीन हड्तालबाट जनताको जिवन कष्टकर भएको बताउदैँ उनले भने यो अधिकार प्राप्तिको लडाई हो । यो लडाई समानता र सबै खाले विभेद तथा सबैको अधिकार सुनिश्चितता हुने भएकाले क्षणिक समस्याहरु सहन गरेर भए पनि आन्दोलनलाई निरन्तरता दिनु नै अहिलेको लागि बाध्यता भएको हो । उनले जबसम्म आन्दोलन निर्णायक विन्दुमा पुग्दैन, तबसम्म आफु काठमाण्डाँै नजाने समेत घोषणा गरे ।

त्यस्तै यतो अनसनकारी ईन्द्रकुमार झा मधेशानन्दलाई सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले भेटेर सबै मधेशी सभासदहरुलाई बुद्धि पलाओस् र छिट्टै संविधानसभाबाट राजिनामा देओस भन्ने चाहना प्रकट गरेको छ । त्यस्तै मधेश अधिकार संघर्ष समितिका सल्लाहकार झालाई उनले आश्वस्त पार्दै अहिले आन्दोलनको आवश्यकता छ, मधेशको अधिकार र विगतमा भएको आन्दोलनको उपलब्धि र अन्तरिम संविधानलाई समेटेर संविधान निर्माण जरुरी छ । आमरण अनसन दुईशुत्रिय मागमा जारी रहेको छ ।

तपाईको प्रतिक्रिया