कैलालीको टिकापुर प्रहरीले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार हाल सम्म १९ जना भन्दा बढिको मृत्यु भएको हुन सक्न आशंका गरेको छ । प्हरी र प्रर्दशनकारीहरु सहित १९ जना भन्दा बढि मारिउको अुन सक्ने अनुमान रहेको छ । हाल सम्ममा १५ जनाको नाम मात्र सार्वजनिक गरेको छ । अस्पतालमा पुगेको लासहरुको विस्तृत जानकारी मात्र आएको छ । स्थानिय प्हरीले लासहरु संकलन गरिरहेको प्हरी कार्यालय टिकापुरले जनाएको छ ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्न टिकापुरका विभिन्न नाकाबाट आएका सयौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जना प्रहरी मारिएका छन् ।
ज्यान गुमाउने अन्य प्रहरीहरुमा इन्सपेक्टरहरु बलराम विष्ट र केशव बोहरा रहेका छन् । त्यसैगरी घटनामा नेपाल प्रहरीका तीन जवान र सशस्त्रका दुई जवान पनि मारिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी विश्वराज खड्काले अन्नपूर्ण पोस्ट्लाई बताए अनुसार भिडन्तमा अधिकृतसहित केही सुरक्षाकर्मी र प्रदर्शनकारी मारिएका छन् ।
थरुहट तथा मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए । समाचार अनुसार प्रदर्शनकारीले केही प्रहरीलाई जिउँदै जलाएर हत्या गरेका छन् । स्थानीय प्रशासनले यो घटनाबारे विस्तृत विवरण दिएको छैन । टिकापुर बजार क्षेत्र र आसपासमा अहिले पनि थरुहटका कार्यकर्ता र प्रहरीबीच भिडन्त भइरहेको छ ।
प्रहरीले निषेधाज्ञा तोड्न आएका थरुहटका कार्यकर्ताले हतियारसहित आक्रमण गर्दा आफ्ना अधिकृतसहितका सुरक्षाकर्मी मारिएको जनाएको छ ।



तपाईको प्रतिक्रिया