Khadya Bibhag

सर्लाहीको बरहथवामा शुशिल र बामदेवको पुतला दहन (फोटो फिचर)

सर्लाहीको बरहथवामा शुशिल र बामदेवको पुतला दहन
योगेन्द्र यादव,सर्लाही, भदौ ६ गते । सर्लाहीको व्यापारिक क्षेत्र बरहथवामा मधेश आन्दोलनलाई सफल पार्नको निम्ती प्रधानमन्त्री शुशिल कोइराला र गृमन्त्री बामदेव गौतमको पुतला दहन मधेश अधिकार संघर्ष समितीको संयोजक रितेश यादवको संयोज्कत्वमा आज सम्पन्न भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र विधिन्न राजनितीक दलहरुको संयोज्कत्वमा भएको अनिश्चितकालिन आमहड्तालको क्रममा विभिन्न जिल्लाहरुमा प्रमुख दलहरुले गरेको एकलौटी निर्णयको विरुद्धमा प्रर्दशन तथा विभिन्न कार्यक्रम गरि विरोध गरिरहेका छन् ।
यसै क्रममा सर्लाही को बरहथवामा आयोजित मधेश आन्दोलनमा प्रधानमन्त्री सुसिल कोइराला र गृहमन्त्री बामदेव गौतम को पुत्ला दहन गरिएको मधेश अधिकार संघर्ष समिती का संयोजक रितेश यादव को संयोजकत्वमा भएको कार्यक्रम मा घनश्याम झा, गजेन्द्र सह, रामबाबु यादव, आसोक सिंह, रामकैलाश राय बाबा, जय प्रकाश यादव लगायत गाँउ गाँउवाट आएका करिब १००० औ जनाको उपस्थितिमा पुत्ला दहन कार्यक्रम सफल भइ कोण सभामा परिणत भएको थियो ।
कार्यक्रमको आयोजक एवम मधेश अधिकार संघर्ष समितीको संयोजक रितेश यादवले प्रतिगमनकारी संविधानलाई मधेशले कदापि पनि मधेशमा स्वीकार्य हुन दिदैँन यसको विरुद्धमा सम्पुर्ण मधेशी अव एक भइसकेको छ, मधेशको अधिकार प्राप्ति निश्चित रहेको छ भन्दै विदा लिएको थिए । भने विभिन्न अभिव्यक्तिहरुआएर कोण सभा समाप्त भएको थियो ।

तपाईको प्रतिक्रिया