Khadya Bibhag

बृजेश गुप्ताले भने, मधेशी र थारुको माग सम्बोधन नगर्नु दुर्भाग्य हो,

काठमाडौ भदौ ५  गते । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता एवं सभासद् बृजेशकुमार गुप्ताले तीन दलले सहमति गरेर ल्याएका सात प्रदेशको खाकालाई विरोध गर्दै पहाडको आन्दोलनलाई सम्बोधन गर्न सात प्रदेश आएको दावी गरेका छन् ।
एक डेढ हप्तादेखि जारी मधेश तथा थरुहट आन्दोलनलाई सम्बोधन नगरेको गुनासो गर्दै सभासद् गुप्ताले भने, आज फेरि यहाँका खस शासकहरुले मधेसी, थारु, जनजाती, दलित, मुस्लिमहरुलाई विश्वास दिलाउन सफल भएक छन् कि हामीहरू तपाईंको नेता होईनौ, तिमीहरू हाम्रो लागी चुनावका बेला प्रयोग हुने एउटा वस्तु हो, हामी यहाँका नयाँ राजाहरु हौ तिमीहरू यहाँका प्रजा हौ ।’
 आज १२ दिनदेखि नेपालको पश्चिम भाग (नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाके, बर्दिया, कैलाली, कंचनपुर) तथा ७ दिनदेखि पूर्वी भाग (झापादेखि पर्सासम्म) का जनसमुदायले शान्तिपूर्ण तरीकाले आन्दोलन गरीरहेका छन् । तर उहाँहरुले आज फेरि ७ प्रादेशको अवधारणा सहितको दस्तावेज माननीय सभामुख ज्युलाई बुझाएका छन्, सभासद् गुप्ताले भने, त्यसमा मात्रै पहाडमा चलिरहेको आन्दोलनलाई सम्बोधन गरिएको छ । हामीहरुको मागलाई अहिलेका तीन ठूलो पार्टीहरुले सम्बोधन गर्ने कोशिश गर्नु भएको छैन जुन दुर्भाग्यपूर्ण छ ।’

तपाईको प्रतिक्रिया