Khadya Bibhag

लुम्बनीमा कफर्यु

File photo

 रुपन्देही, भदौ ४ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सदरमुकाम भैरहवामा आज राति ९ बजेदेखि बिहान ४ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा आज दिनभरको अवस्था सामान्य रहे पनि सदरमुकाम बाहिरको अवस्था तनावग्रस्त बनेपछि निषेधाज्ञा जारी गर्नुपरेको प्रजिअ विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार भैरहवाको पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायादेवी चोक, उत्तरमा विद्युत् कार्यालय र दक्षिणमा बेलहिया नाकासम्म रातभर निषेधाज्ञा जारी रहने छ ।

आन्दोलनकारीले मर्यादपुरमा रहेको प्रहरी चौकीमा ढुङ्गामुढा गरेपछि प्रहरीले सात÷आठ राउन्ड हवाई फायर गर्नाका साथै करिब २५ आन्दोलनकारीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया