सिरहा भदौ ३ गते । भारदह हत्यकाण्डको सम्वन्धमा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका संसदमा दिएकोले झूठो बयानका कारण आज सिरहामा गृहमंत्रीको राजिनामाको माग गर्दै जुलुस प्रदर्शन भएको छ ।
एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) का महासचिव रामरिझन यादवको नेतृत्वमा निस्केको सो जुलूस महावीर चौकमा कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्वोधन गर्दै यादवले गृहमंत्री गौतम गोयवल्स शैलीमा झूठ बोलेको र भारदहमा हुँदै नभएको घटनालाई कपोलकल्पित ढंगवाट संसदमा प्रस्तुत गरेकोले हत्यरा गृहमंत्रीको राजिनामाको माग गर्नु परेको विचार व्यक्त गरे । आन्दोलनकारी प्रहरी चौकी हाता भित्र प्रवेशै नगरेको अवस्थामा कसरी हतियार र संचारसेट छिन्ने प्रयास गरेको होला भन्ने प्रश्न गर्दै यादवले इन्सपेक्टर मेघराज थापाको मधेश विरोधी सोचको कारण अनाहकमा गोली चलाइएको उनको कथन थियो ।
जुलूस सिरहा बजारको परिक्रमा गर्दा सबै सहभागीहरुले मृतक राजिव राउतको लासको फोटो जसमा उनको परिवारजन विलाप गरिरहेका छन् । यसले सिंगो सिरहा बजारको जनतालाई भावविह्वल बनाएको थियो ।
जुलूसमा हत्यार गृहमन्त्री राजिनामा दे, मृतकलाई शहीद घोषणा गर, भारदह हत्यकाण्ड मुर्दावाद, दोषी प्रहरीलाई कारवाही गर, एक मधेश दुई प्रदेश कायम गर जस्ता नारा लगाइएको थियो ।



तपाईको प्रतिक्रिया