Khadya Bibhag

ज्ञापनपत्र बुझाउन गएको मधेशी युवाहरुसँग भेटेन्न् प्रधानमन्त्री

काठमाडौँ, भदौ ३ गते । जनयुध्द, जनआन्दोलन र महान मधेश आन्दोलन बाट व्यक्त भएको जनभावना र मधेश आन्दोलनका साथै थरुहट आन्दोलन पश्चात राज्य संग भएको सहमति को कार्यानवयन को महत्वपुर्ण जिम्मेवारि राज्य र प्रमुख राजनीतिक दलहरुको थियो तर वर्तमान राजनीतिक विकास क्रममा मधेशी, थारु, मुस्लिम, दलित लगायत सिमाकृंत समुदायको परिवर्तनको भावना विपरीत बढेकोले तराई मधेशको जनता सामु न्यायका लागी सडक आन्दोलन बाहेक कुनै विकल्प रहेन तसर्थ तराई मधेशका न्याय प्रेमी जनता स्फुर्त रुपमा आन्दोलन गर्न वाध्य भएका छन ।
हाल तराई मधेशमा भइरहेको आन्दोलन जनता को न्यायको खोजिको आन्दोलन हो जसलाई लोकतान्त्रिक राज्यका हरेक संयन्त्रले सम्मान गर्नुपर्ने थियो तर तराई मधेशको आन्दोलनमा अमानविय तवर बाट राज्य द्धारा बर्बरतापुर्ण दमन गरिएको छ । आफ्नो जायज मागंको लागि आन्दोलन गारिरहेका आफ्नै देशका नागरिक माथि अपराधिझै व्यहवार गरि निर्मम तरिकाले कुट पिट गर्नु, छाती ताकि गोलि हान्ने जस्ता घटना भइरहेकोले यस्तो घटनाले सरकारले लोकतन्त्रको उपहास गरिरहेको हामी मधेशी जनताले बुझेका छौं । तसर्थ आन्दोलन को क्रममा सप्तरि जिल्लाको भारदहमा प्रहरिले क्षातीमा गोलि हानि हत्या गरेका राजिव राउत लाई शहिद घोषणा र गृहमन्त्री सहित हत्यामा संलग्न सम्पुर्ण प्रहरीलाई निलम्वन गरि न्यायिक छानविन आयोग गठन गरी छानविन प्रतिवेदन अनुसार दोषीलाई कारवाहि गर्न दुई दर्जन भन्दा बढि राजनीतिक र समाजिक संघ संस्था आबद्ध रहेको समृद्ध मधेशी नागरिक अभियान को अगुआईमा राष्ट्रपति को कार्यालय , प्रधानमन्त्रि र संयुक्त राष्ट्र संघको नेपाल स्थित कार्यालय मार्फत संयुक्त राष्ट्र संघको महासचिवलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाई सकेपछि समृध्द मधेशी नागरिक अभियानले पुर्व घोषित कार्यक्रम अनुसार सप्तरिको भारदह मारिएका आन्दोलनकारी राजिव राउतको सम्मझनामा काठमान्डौँ को अनामनगर स्थित हनुमानथान चोकमा शोक सभा गरेको थियो सभालाई सम्मबोधन गर्दै  तराई मधेश युवा अभियान को संयोजक ललित मल्लिक शानू ले मधेशी दल हरुलाई कपटि चरित्र छोडन र छिटो भन्दा छिटो संविधानसभा परित्याग गर्न आग्रह गरेका थिए र राज्यलाई मधेशी माथिको दमन रोकि जनताको आवाज सुनि न्याय संगत सम्बोधन गर्न आग्रह गर्दै समग्र तराई मधेश एक प्रदेश दिनमा राज्यले हिचकिचाई देशको लागी दुरभाग्यपुर्ण हुने चेतावनी दिएका थिए मधेशीहरुको हरेक बुन्द रगतको हिसाब राज्यवाट लिने बताएका थिए । त्यसतै सभालाई सम्बोधन गर्दै राजनीतिकर्मि र अधिकार कर्मी प्रविण लाभले गृहमन्त्रिको राजिनामा माँग गरेका थिए । त्यस्तै सभालाई सम्बोधन गर्दै समृद्ध मधेशी नागरिक अभियान का संयोजक मोहन सिहंले शहिद प्रति श्रध्दाञ्जलि व्यक्त गरेका थिए । त्यस्तै सभालाई मधेशी युथ फोर्सका संयोजक महेश कलवार र महिला नेतृ प्रभा सिंहले स्बोधन गरेका थिए सभा संचालन छोटुदानि झाले गरेका थिए सभामा माओवादि नेता र पुर्व सभासद रामकुमार शर्मा युवा नेता गोविन्द साह, जितेन्द्र सिंह, सुनिल गुप्ता, राजारम यादव, कलाकार कमल मण्डल लगायत सैकडौं मधेशीहरुको सहभागिता थियो । ज्ञापन पत्र बुझाउ प्रधानमन्त्री निवास पुगेका युवाहरुलाई प्रधानमन्त्रिले आफ्नो बैठक कक्षमा चार घण्टा कुराएर पछि आफ्नो सहयोगी मृदुला कोइरला मार्फत आफु सन्चो नभएको र तल आउन नसक्ने सन्देश पठाएका थिए त्यसपछि प्रधानमन्त्रीको सहयोगी मृदुला कोइरलाले युवाहरु संग माफि माँगदै ज्ञापन पत्र बुझेका थिए आक्रोसित युवाहरुले निवासमै नारावाजि गरेका थिए ज्ञापन पत्र बुझाउने कार्यक्रमको अगुआइ मोहन सिंह, प्रविण लाभ र ललित मल्लिक शानुले गरेका थिए ।

तपाईको प्रतिक्रिया