Khadya Bibhag

बन्दको विरोधमा विराटनगरमा र्याली

फाइल फोटो

विराटनगर, भदौ ३ गते । ‘बन्द सधैँका लागि बन्द गरौँ’ मूलनाराकासाथ विराटनगरमा ३० वटा सङ्घसंस्थाले बृहत् शान्ति तथा सद्भाव ¥याली निकालेका छन् ।

संयुक्त मधेसी मोर्चाले लगातार पाँच दिनदेखि गरिरहेको बन्दबाट आजित भएका व्यापारिकलगायत सङ्गठनका साथै सर्वसाधारणले बन्दको विरोधमा संयुक्तरुपमा सद्भाव ¥याली निकालेको बताइएको छ ।

बिहानैदेखि वर्षा भइरहेको अवस्थामा पनि ठूलो सङ्ख्यामा व्यापारी, सर्वसाधारणको सहभागिता रहेको सो ¥यालीमा ‘गरी खान देऊ,’ ‘पढ्न देऊ,’ ‘बन्द सधैँका लागि बन्द गर’ लगायतका नारा लगाइएका थिए ।

जिल्ला प्रशासन चोकबाट सुरु भएको सो ¥याली विराटनगरको मुख्य बजारको परिक्रमा गरी महेन्द्रचोक हुँदै पुनः प्रशासन चोकमा पुगेर सम्पन्न भयो ।

उक्त ¥यालीमा मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सभासद् पवन शारडा, मोरङ व्यापार सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालका साथै अन्य व्यापारिक सङ्गठनका पदाधिकारी, व्यापारीका साथै यातायात, मजदुर, शिक्षण पेसागत सङ्गठन, नेपाल पत्रकार महासङ्घलगायतका सङ्गठनको सहभागिता थियो 

तपाईको प्रतिक्रिया