Khadya Bibhag

सद्भावनाका एक सभासद्ले भनिन् राजिनामाको बारेमा मलाई थाह छैन

काठमाडौ भदौ १ गते । सद्भावना पार्टीले आज आफ्ना दलका सम्पूर्ण सभासद्ले सामूहिक रुपमा सविधानसभाबाट राजिनामा नगर्ने घोषणा गरेको छ तर पार्टीका एकजना सभासद्ले राजिनामाको बारेमा आफूलाई थाह नभएको बताए ।
राजिनामाको घोषणा कार्यक्रममा अनुपस्थित देखिएका सभासद् माधवी रानी साहसँग सहारा टाइम्सले सम्पर्क गर्दा उनले आफूलाई राजिनामाको बारेमा केही थाह नभएको प्रतिकृया दिइन् । आन्दोलनको क्रममा आफूलाई ढुगांले चोट लागेको कारण उपचारका लागि भारतको पटना गएका थिए, पटनाबाट फर्किने वित्तिकै यो कुरा थाह पाएको तर आफूलाई यस विषयमा कुनै जानकारी नरहेको उनले प्रतिकृया दिइन् ।
धेरै पहिलादेखि यस विषयमा तपाईको पार्टीमा चर्चा चलेको छ नि भने जिज्ञासामा उनले आफूसँग यस विषयमा कहिले कुराकानी नभएको बताइन् । उनले पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भोली कुराकानी गरेपछि मात्र अरु थप कुरा गर्न सकिने भन्दै फोन काटिन् ।

तपाईको प्रतिक्रिया