Khadya Bibhag

दिशामुक्तका लागि प्रमुख अतिथिमा लफडा

 २०१५ सम्ममा दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यकासाथ अगाडि बढिरहेको सिरहा जिल्लाले कतिपय गाविसलाई दिसामुक्त क्षेत्र घोषणा गरिसकेको छ । तर विगत दुई सातादेखि इटाटारगोठ कमलपुर गाविसले बारम्वार तिथि निर्धारण गरेपनि प्रमुख अतिथि चयनका कारण कार्यक्रम स्थगित हुँदै आएको छ ।
प्रमुख अतिथि कसलाई बनाउने भन्ने प्रश्नमा अडकेको छ । गाविसका सचिवसहित विभिन्न पार्टी प्रतिनिधिले प्रमुख अतिथिमा जनप्रतिनिधिलाई राख्नु पर्ने अडान लिएको देखिन्छ भने ओडिएफमा सहभागि एक संस्था नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले जिल्लाका  सिडिओलाई रख्नुपर्ने अडान लिदै आएका छन् ।
गाविसका सचिवले पार्टी प्रतिनिधिसहित नागरिक अगुवाहरुलाई बोलाएको बैठकले एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा प्रधानमंत्रीका प्रेस सल्लाहकार रहिसकेका रामरिझन यादवलाई प्रमुख अतिथि बनाउने कुरालाई सभापति यादवले अस्वीकार गरेको छ । प्रधानमंत्रीको सल्लाहकार जस्तो गरिमामय पदमा बसिसकेको यादवलाई प्रटोकलमा प्रजिअभन्दा तल रहेको तर्क सभापति यादवको रहेको छ ।
उल्लेखनीय छ प्रटोकोल अनुसार प्रमंको सल्लाहकारको हैसियत केविनेटदेखि राज्यमंत्री स्तरसम्मको तोकेको हुन्छ । रामरिझन यादव प्रेस सलहकार पदमा नियुक्त हुँदा उहाँलाई नेपाल सरकारले राज्यमंत्री स्तरको हैसियत प्रदान गरेको थियो । उहाँ अहिले पनि एनेकपा(माओवादी)को केन्द्रीय सदस्य हुन । साथै मुलुकमा उहाँको गणना एक अग्रज पत्रकारको रुपमा हुन्छ ।

तपाईको प्रतिक्रिया