Khadya Bibhag

मधेशी दलका नेताहरु पक्राउ, पक्राउ परेकाहरु दुई नम्बर गणमा

काठमाडौ साउन ३२ गते । मधेशी मोर्चासहित मोहन वैद्य नेतृत्वको दलले आह्वान गरेको बन्द कार्यक्रममा आज पनि ६० जनाभन्दा बढी कार्यकर्ता तथा नेतालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ ।
हिजो पनि ११७ जना कार्यकर्ता तथा नेतालाई पक्राउ गरेको थियो । आज पनि शान्तिपूर्ण बन्द कार्यक्रममाथि विहानैदेखि प्रहरीले दमन गरेको छ । शान्तिपूर्ण ढंगबाट बन्द गराउँदै हिडेका पार्टीका कार्यकर्ताहरुलाई प्रहरी पक्राउ गरेको छ ।
विजुली बजारको पुलमा उभिरहेका संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, सोही पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल, सोही पार्टीका विद्यार्थी अध्यक्ष एवं केन्द्रीय सदस्य सुरेश मण्डल, नेता मुकेश झा, कमरेन्द्र वर्मा, रामबाबु दास, सुरेन्द्र तिवारीललगायत ६० जनालाई पक्राउ गरी प्रहरीले लगेको सुरेश मण्डलले जानकारी गराएको छ ।
१६ बुँदे सम्झौतापछि आएको सविधानको प्रारम्भिक मस्यौदाको विरोधमा मधेशवादी दलहरु विगत एक डेढ महिनादेखि आन्दोलनमा छन् । प्रहरी हिरासतमा रहेका नेता मण्डलले शान्तिपूर्ण बन्द कार्यक्रममाथि प्रहरीको बर्बर दमन गरेको छ, जथाभावी पक्राउ गरी मानसिक यातना दिनुको साथै समात्ने बेला प्रयोग गरेको बताए । उनले राज्यले सेना प्रहरी लगाएर जर्वजस्ती सविधान निर्माण गर्न लागेको दावी गर्दै आन्दोलनलाई भड्काउने काम राज्यबाट नै भएको आरोप लगाए ।
पक्राउ पर्नेहरुमाः

१. जितेन्द्र सोनल (सहमहामन्त्री)
२. श्रीमति चन्दा चौधरी (केन्द्रीय सदस्य)
३. राजीव चौधरी (केन्द्रीय सदस्य)
४. सुरेन्द्र तिवारी (केन्द्रीय सदस्य)
५. सुरेश मण्डल (केन्द्रीय सदस्य)
६. मुकेश झा (युवा फ्रन्ट महासचिव)
७. कामेन्द्र वर्मा (युवा फ्रन्ट सहमहासचिव)
८. शुसिल मिश्र (युवा फ्रन्ट केन्द्रीय सदस्य)
९. रामाशंकर (तमलोपा कार्यकर्ता)
संघिय समाजवादी फोरम
१. अशोक राई (वरिष्ठ नेता)
२. राम सहाय यादव (महासचिव)
३. पूर्ण बस्नेत

तपाईको प्रतिक्रिया