Khadya Bibhag

६ प्रदेशले लोकतन्त्रको अपहरण गरेको डा. यादवको दावी

काठमाडौ साउन ३१ गते । मधेश नागरिक समाजका अध्यक्ष डा.डम्बर नारायण यादवले चार दलका नेताहरुले ६ प्रदेश दिएर लोकतन्त्रको अपहरण गरेको आरोप लगाएका छन् ।
अध्यक्ष यादवले आइतवार एक विज्ञप्ति जारी गरी यस्तो प्रदेशको खाकाले आदिवासी, जनजाति, मधेशी, मुस्लिम तथा उत्पीडनमा परेका समुदायलाई समावेशी लोकतान्त्रिक अधिकारबाट बन्चित गरेको आरोप लगाएको छ ।
यी प्रदेशमा कुनै भौगोलिक समावेशी, साँस्कृतिक र विकासीय कुनै आधार नरहेको उल्लेख गर्दै सात प्रदेशको खाकालाई सम्बोधनको माग गरेको छ ।

तपाईको प्रतिक्रिया