Khadya Bibhag

भारतीय सरकार द्धारा ४० एम्बुलेन्स, ८ बस र ४५ संस्थालाई पुस्तक प्रदान


काठमाडौँ, साउन ३० गते । भारतको ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय सरकारले नेपालका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस र ४५ वटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासमा ३० साउनमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतका राजदूत रणजीत रायले ३३ जिल्लामा सक्रिय संस्थाका प्रमुखलाई एम्बुलेन्स र बस तथा दुर्गम भेगका ४५ शैक्षिक प्रतिष्ठानलाई पुस्तकालय सञ्चालनका निम्ति पुस्तक प्रदान गरे । समारोहमा उनले नेपालमा बसोबास गर्दै आएका भारतीय सेनाका पूर्व कर्मचारीका २० विधवा र तिनका आश्रितलाई रु दुई करोड ५३ लाख सहायता रकम पनि हस्तान्तरण गरे । त्यसअघि उनले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति प्रणव मुखर्जीले जारी गरेको सन्देश वाचन गरेका थिए । सन्देशमा भारतीय राष्ट्रपतिले शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिएका छन् । रासस  

तपाईको प्रतिक्रिया