Khadya Bibhag

महोत्तरीमा शिक्षकको धर्ना जि.शि.काको मुल गेटमा

महोत्तरी, २९ साउन । विगतमा गरिएकोे सम्झौता कार्यान्वयन नगरेको विरोधमा जिल्लाभरिका शिक्षक जिल्ला शिक्षा कार्यालयको मूलगेटमा धर्नामा बसेका छन् ।

विभिन्न समयमा नेपाल शिक्षक सङ्घका पदाधिकारी एवम् शिक्षा मन्त्रीबीच भएको वार्ताले गरेको निर्णय कार्यान्वयन गराउन सम्बन्धित निकायको ध्यान नगएको भन्दै महोत्तरीका शिक्षक जलेश्वरस्थित कार्यालयको मूलगेटमा एकदिने धर्नामा बसेका हुन् ।

नेपाल शिक्षक सङ्घ महोत्तरीका अध्यक्ष विनोदानन्द झाको अगुवाइमा शिक्षकले विभिन्न चरणको आन्दोलनको कार्यक्रमसमेत सार्वजनिक गरेका छन् ।

महिला प्रधानाध्यापकको लागि आन्तरिक अङ्कको व्यवस्था गरिनुपर्ने, हाल कायम गरिएको पदोन्नति तहगत बढुवा प्रणाली कार्यान्वयन गरिनुपर्ने, राहत शिक्षकलाई विद्यार्थीको आधारमा दरबन्दी कायम गर्न सम्बन्धित निकायलाई प्रस्ताव गर्नुपर्ने लगायतका माग गरिएको छ ।

तपाईको प्रतिक्रिया