Khadya Bibhag

सप्तरीको कङ्कालिनी मन्दिर अगाडि एक जना पुरुषको शव फेला

सप्तरी, २९ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कङ्कालिनी मन्दिर अगाडि सडकखण्डमा आज एक जना पुरुषको शव फेला परेको छ ।

मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको पुरुषको सनाखत हुनसकेको छैन भने के कारणले मृत्यु भएको वा रातिको समयमा कुनै सवारीसाधनले ठक्कर दिएर मारेको हो कि अरु कुनै कारणले मृत्यु भएको यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

मृत्यु भएको पुरुष मागीखाने व्यक्ति रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया