काठमाडौँ, २८ साउन । नेपाल पिछडा वर्ग महासङ्घले नयाँ संविधानमा आफ्नो समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै आज काठमाडौँको बिजुलीबजारमा सडक अन्तक्र्रिया आयोजना ग¥यो ।
अन्तक्र्रियामा सो समुदायले सामाजिक, राजनीतिक तथा आर्थिकरुपले शोषणमा परेको र त्यसको अन्त्यका लागि अधिकार र आरक्षण सुनिश्चित गर्न माग ग¥योे ।
महासङ्घका अध्यक्ष कौशलकुमार सिंहले प्राचीन समयदेखि आफूहरु पछाडि परेको भन्दै नयाँ बन्ने संविधानमा पिछडा वर्गको अधिकारलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले सबै वर्ग, समुदाय र जातजातिलाई जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउन माग गर्दै देशमा १२ लाखभन्दा बढी जनसङ्ख्या भएको पिछडा वर्गको भावनालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
पिछडा वर्ग महासङ्घमा राष्ट्रिय कुशवाहा सेवा समाज, बरही कल्याण समाज, चौरसिया समाज, तेली कल्याण समाज, कलवार कल्याण सेवा समाज, चित्रगुप्त सेवा समितिलगायत दुई दर्जनभन्दा बढी सङ्घसंस्था आबद्ध रहेका छन् ।



तपाईको प्रतिक्रिया