Khadya Bibhag

युवा बैज्ञानिक झा पुरस्कृत, पुरस्कार राशी धनुषा र गुल्मीको असहाय विधार्थीलाई प्रदान गर्ने घोषणा

काठमाडोैँ साउन २७ गते । मधेशको युवा वैज्ञानिक राजीव झालाई आज नेपाल सरकारले यस बर्षको राष्टिय प्रतिभा पुरस्कार वाट सम्मानित गरेका छन ।
चिनमा क्यान्सर सम्बन्धी अनुसन्धान गरीरहेका डा झा सहित ९ जनालाई उक्त पुरस्कार प्रदान गरिने घोषणा दुई हप्ता अघि नै सरकारले गरेका थिए । सोही घोषणका अधारमा युवा दिवसको उपलक्ष्यमा आज काठमाडौमा आयोजना गरिएको विशेष कार्यक्रममा डा. राजिव झालाई नेपाल सरकारका गृहमन्त्री सहित अन्य वरिष्ठ मन्त्रीहरुले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका थिए ।
चिनको सियान विश्वविद्यालयमा क्यान्सर सम्बन्धी अनुसन्धान धेरै लामो समयदेखी गरीरहेका डा झा त्याहाका स्थायी रुपमा प्रोफेसर पनि हुन । सन २०१३ मा डा. राजिव झा चिनको प्रतिभाशाली १ सय युवा भित्र छनौट भए पछि उनको चर्चा नेपाल र चिन दुवैमा चुलिएको थियो । धनुषाको परवाहा गाउका मुल निवासी ३६ बर्षीय डा झा मेडिकल विज्ञानमा विद्यावारिधी गरिसकेका छन ।
नेपाल सरकारको तर्फवाट पुरस्कार पाए पश्चात सम्बोधन गर्न पुगेका झाले आफु पुरस्कार वापत पाएको १ लाख रुपैँया धनुषा र गुल्मी जिल्लाका अशक्क्त तथा असहाय विद्याँर्थीहरु प्रदान गर्ने घोषणा गरेका थिए । आफनो छोटो सम्बोधानमा झाले आफनो गृह जिल्ला धनुषा र दुई बर्ष अगाडी गुल्मी पुग्दा त्याहा अवस्था देखेर दुख लागेको समेत गुनासो गरे । उनले त्यही घटनालाई सम्झदै पुरस्कार रकम ती दुवै क्षेत्रमा आधा आधा गरी वाडेर प्रदान गर्ने जनाए ।

तपाईको प्रतिक्रिया