![]() |
| रामतपेश्वर दास |
काठमाडौँ, साउन २६ गते । सर्वोच्च अदालतले जनकपुरस्थित जानकी मन्दिरका लागि प्रक्रिया पु¥याएर महन्थ नियुक्ति गर्न आज गुठी संस्थानलाई आदेश दिएको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले प्रक्रिया पु¥याएर मात्र सो मन्दिरमा महन्थ नियुक्त गर्न आदेश दिएको हो ।
गुठी संस्थानले २०७० माघ १६ गते उक्त मन्दिरमा लामो समयदेखि महन्थ भई कार्य गरिरहेका रामतपेश्वर दासलाई हटाएर जगदीशदास बैष्णवलाई नियुक्त गरेको थियो ।
आपूmलाई महन्थबाट हटाई अर्कैलाई नियुक्त गरेको प्रक्रिया नपुगेको दाबी गरी र सो ठाउँमा आफूलाई नै यथावत राख्न आदेशको माग दाबी गर्दै रामतपेश्वरले सर्वोच्च अदालतमा २०७० माघ २१ गते रिट निवेदन दायर गर्नुभएको थियो ।
रिट निवेदनमा महन्थमा आफ्नो वंशज नियुक्त हुने भएकाले अर्कैलाई नियुक्त गर्नु प्रक्रियाअनुसार नभएको दाबी गरिएको थियो ।
संस्थानले सो मन्दिरको महन्थमा २०५३ साल साउन २७ गते रामतपेश्वरलाई नियुक्त गरेको थियो ।



तपाईको प्रतिक्रिया