काठमाडौ साउन २१ गते । तराई मधेश विद्यार्थी फ्रन्टले आज आफ्नो सातौ वार्षीक उत्सव मनाई रहेको छ । महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका भातृ संगठन तराई मधेश विद्यार्थी फ्रन्ट सातौ वर्ष पुरा गरी आठौ वर्षमा प्रवेश गरेको छ ।
फ्रन्टका अध्यक्ष सुरेश मण्डलका अनुसार वार्षीक उत्सवको अवसरमा सविधानको प्रारम्भिक मस्यौदालाई सन्दर्भ पारेर ‘के चाहन्छन् मधेश र मधेशी’ विषय अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रमको प्रमुख अतिथी तमलोपाका अध्यक्ष महन्थ ठाकुर रहने छ तथा मधेशी मोर्चाका विभिन्न नेता तथा नागरिक समाजका अगुवाहरुको पनि आतिथ्य रहने जनाइएको छ । साथै, सो अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि हुने आयोजकले जनाएको छ ।
वार्षीक उत्सवको अवसरमा आज विहान सहारा टाइम्ससँग कुरा गर्दै अध्यक्ष मण्डलले मधेशी जनता अन्तिम लडाईको अवस्थामा पुगिसकेको छ, पटक पटक आन्दोलन गर्न नपरोस् भनि अन्तिम लडाईको तयारीमा लागि परेको बताए । अहिले पनि केही विग्रेको छैन, राज्यले मधेशी, आदिवासी जनजाति, महिला, पिछडावर्ग, मुस्लिमलगायतसँग गरेका सम्झौताहरु सविधानमा समावेश गरि दियोस्, लडाईको आवश्यकता नै पर्दैन् तर होइन रहेछ, राज्य चाहन्छन् देशमा मुठभेड होस्, देशमा द्धन्द कायम रहोस् र त्यसमा खेल्न पाउ, यस अवस्थामा देशमा आन्दोलन भयो भने त्यसको जिम्मेवार स्वयं राज्य हुने चेतावनी समेत उनले दिए । उनले भने, आज फ्रन्टको सातौ वार्षीक उत्सवको उपलक्ष्यमा म यति भन्न चाहन्छु कि ‘मरे तो मुक्ति, जिए तो मधेश’



तपाईको प्रतिक्रिया