काठमाडौँ, साउन १८ गते । संविधानमा सङ्घीयताको सीमाङ्कनको विषय टुङ्ग्याउने विषयमा दलहरुले छलफल जारी राखेका छन् ।
संविधानसभाको ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति’ले गठन गरेको चार दलका शीर्षनेता सम्मिलित ‘विशेष समिति’ को आजको बैठक औपचारिक र अनौपचारिक रुपमा अबेरसम्म बसे पनि कुनै निर्णय भने भएन ।
सिंहदरबारमा राति अबेरसम्म चलेको बैठकमा दलबीच सहमति हुन नसकेपछि मङ्गलबार बिहान पुनः बैठक बस्ने गरी स्थगन भएको छ । उल्लिखित विषयमा दलहरुले गहनतापूर्वक छलफल गरे पनि कुनै निर्णय नभएकाले मङ्गलबार बिहान ८ः३० बजे पुनः बैठक बसेर टुङ्गो लगाइने बैठकमा सहभागी नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया