काठमाडौ १८ गते साउन । संविधानसभाको माध्यमले बन्ने नव संविधान वाट मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायले यस देशमा वर्षौं देखी भोगदै आएको उत्पिडन र विभेद वाट मुक्ति प्रप्तिको आशा गरेका थिए तर संविधान को प्रारम्भिक मसयौदा उत्पिडन र विभेदलाई थप संस्थागत गर्ने मांसिक्ता वाट ओतप्रोत भइ आएकोले मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदाय संग विभेद वाट मुक्तिको एक मात्र माध्यम संघर्ष र आन्दोलननै रहेको ठहर गर्दै तपसिल अनुसार को बुँदाहरु १. संघियता, स्वशासन, समानता, सम्मान र न्याय का साथै समग्र मधेश एक प्रदेश स्थापना २. मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायलाई राज्यको सम्पुर्ण निकायमा समानुपातिक सहभागिता ३. देशका हरेक नागरिक र हरेक भुभाग को समान विकास, समान सहभागिता, समान अवसर र समान महत्व ४. महान मधेश जनविद्रोह, जनयुद्ध र जनआन्दोलान को जनभावना विपरित संविधानसभाले जनता माथि प्रतिगामि र खसिय अधिनायकवादी संविधान लादन खोजे निर्णायक संघर्ष गर्ने एजेंडा आंदोलन रत रहेका तराई मधेश राष्ट्रिय अभियान को भातृ संगठन तराई मधेश युवा अभियान र मधेशी युथ फोर्सले वर्तमान संविधानसभा मधेशी जनताको परिवर्तनवदी जन भावना विपरित प्रतिगमन तिर अग्रसर भएको र दुई तिहाईको गणितिय खेलको उनमादमा रहेकोले मधेशी पार्टिहरुको संविधानसभामा अबको उपस्तिथि जन भावना विपरितको संविधानको मतियार र मधेशी जनताको सिर निहुराउने भुमिका वाहेक केही नहुने यथार्थतालाई मध्य नजर गर्दै मधेशी पार्टिहरुलाई संविधानसभा पुर्णरुपेन परित्याग गर्न र सम्पुर्ण मधेशी शक्तीहरु एकतृत भई निर्णायक आन्दोलन घोषणा गर्न दवाव स्वरुप युवा अभियानका संयोजक ललित मल्लिक शानू र युथ फोर्स संयोजक महेस कलवारको नेतृत्वमा आज तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा धरना दिएको छ र तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर युवाहरु धर्ना दिन आँउदै छ भने थाहा हुनेबितिकै धर्ना कार्यक्रम निर्धा्रित समय भन्दा केहि मिनेट पहिला मिटिगं भन्दै पार्टि कार्यालय वाट बाहिरिएका थिए । पार्टी अध्यक्ष महन्थ ठाकुर कार्यक्रम को जानकारी हुँदा हुँदै हिंडे पछि केन्द्रिय सदस्य जितेन्द्र सिहं लाई संबिधानसभा परित्याग गर्न आग्रह पत्र दिएको छ आग्रह पत्र बुझ्दै केन्द्रिय सदस्य जितेन्द्र सिहं तपाईहरु माहोल बनाउनुस हाम्रो पार्टि किनाराको गबाहि नबन्ने हाम्रो पार्टिले छिटै ठोस निर्णय गर्ने युवा अभियान र युथ फोर्स लाई धन्यवाद दिएका थिऐ्र कार्यक्रम्मा युवा नेता हरु रमन दास, रबिन महत्तो, रंजीत झा, सुनील गुप्ता, छोटू दानी झा लगायत युवाहरू को उलेख्या सहभागिता थियो । भोली दिउँसो एक वजे दुबै संगठनले नेपाल सदभावना पार्टिमा यस्तै कार्यक्रम गर्ने छन् ।




तपाईको प्रतिक्रिया