Khadya Bibhag

गच्छदारले भने, महन्थ ठाकुरको घरमा १० पटक गएको हुँ

काठमाडौ साउन १६ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिको आधारमा सविधान निर्माण गर्न मधेशवादी दललाई पटक पटक भनेको तैपनि उनीहरु आन्दोलनमा गएको दावी गर्नुभयो ।
मैले महन्थ ठाकुरको घरमा १० पटक गएको छु, राजेन्द्र महतो र उपेन्द्र यादवको घरमा गएको छु । अशोक राईको स्कूलमा गएको छु तर उहाँहरुले मान्नुभएन, उनले भने, मैले उहाँहरुलाई सबै कुरामा अडान मात्र राखेर हुँदैन यसरी यसरी जाउँ भनि खाका समेत बताई दिएको तर उहाँहरुले मान्नुभएन अन्त्यमा मैले १६ बुँदे सहमति गरेको हुँ ।’
उनले मधेशका केही साना दल (फोरम नेपाल, तमलोपा, सद्भावना आदि) ले आफूलाई गद्दार, धोकेवाज जे भनेपनि केही फरक पर्दैन तर जुन कारणले आफूलाई धोकेवाज, गद्दार भनिरहेका छन् भोली त्यही कुरा आई दियो भने के हुन्छ भन्दै कुरै नबुझि उनीहरुले विरोध गरेको आरोप लगाए ।
उनले त ती मधेशवादी दलहरुले १६ बुँदे सम्झौताको मर्म र भावना नबुझेको पनि आरोप लगाए । कुरै नबुझी आन्दोलनमा उत्रेका छन् भोली ती सबै कुरा सविधानमा आउँदै छन् अनि त्यसपछि उनीहरुले के गर्ने भनि प्रश्न पनि गरे । उनले मधेशवादी दलका नेताहरुले कुनै नबुझि नागरिकताको विषयमा पनि भ्रम फैलाउने काम गरेको पनि आराप लगाए । कहि कतै भाषामा गल्ति भएको होला कुनै शब्द छुटेको होला । त्यही शब्द र भाषाको कारण अर्थको अनर्थ लागेको कारण यस्तो विरोध भएका हो तर मधेशवादी दलले भने जस्तो नागकिरताको समस्या नरहेको उनले दावी गरे ।
उनले आमा र बाबुको ठाउँमा आमा वा बुवा राख्ने सहमति भइसकेको बताउँदै नेपाली केटासँग विदेशी केटीले विहे गरेमा केटीले नेपालको अंगिकृत नागरिकता पाउँछन् र त्यसबाट जन्मने सन्तानले वंशजको नागरिकता पाउने पनि सहमति भएको बताए ।
आठ प्रदेशको सिमांकनसहितको र त्यो पनि पूर्व र पश्चिमको प्रदेश हुने कुरामा पनि मोटामोटी सहमति भइसकेको छ  । उनले वार्ड अध्यक्षको पनि प्रत्यक्ष चुनाव हुने चार दलको बीचमा सहमति भएको बताउँदै शासकीय स्वरुप र धर्मको बारेमा पनि लगभग कुरा मिलिसकेको बताए ।

तपाईको प्रतिक्रिया