Khadya Bibhag

तराई मधेश युवा अधियान मधेशी युथ फोर्सको नया कार्यदिशा

काठमाडौ साउन १५ गते । तराई मधेश युवा अधियान र मधेशी युथ फोर्सले आफ्ना आन्दोलनलाई अगाडी बढाउनको निम्ती नयाँ किसिमको कार्यनिती सार्वजनिक गरेको छन ।
 यो संविधानसभाको माध्यमले बन्ने नव संविधान वाट मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायले यस देशमा वर्षौं देखी भोगदै आएको उत्पिडन र विभेद वाट मुक्ति प्रप्तिको आशा गरेका थिए तर संविधान को प्रारम्भिक मसयौँदा उत्पिडन र विभेदलाई थप संस्थागत गर्ने मांसिक्ता वाट ओतप्रोत भइ आएकोले मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदाय संग विभेद वाट मुक्तिको एक मात्र माध्यम संघर्ष र आन्दोलननै रहेको प्रमानित भएको छ । यी कारणलाई बुझेर तराई मधेश युवा अधियान र मधेशी युथ फोर्सको संगठनहरु एकतृत भएर सशक्त आन्दोलनको तपसिल अनुसार कुराहरुमा सहमति गरेको छ, संघियता, स्वशासन, समानता, सम्मान र न्याय का साथै समग्र मधेश एक प्रदेश स्थापना, मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायलाई राज्यको सम्पुर्ण निकायमा समानुपातिक सहभागिता , देशका हरेक नागरिक र हरेक भुभाग को समान विकास, समान सहभागिता, समान अवसर र समान महत्व, महान मधेश जनविद्रोह, जनयुद्ध र जनआन्दोलान को जनभावना विपरित संविधानसभाले जनता माथि प्रतिगामि र खसिय अधिनायकवादी संविधान लादन खोजे निर्णायक संघर्ष गर्ने, समान विचार र समान द्रष्टिकोण राखने जुनसुकै युवा केन्द्रित संगठनहरु संग कार्यगत एकता गर्ने उदेश्यका लागी संगसंगै संघर्ष र आन्दोलन गर्ने निर्णय का साथ दुबै संगठन को विच कार्यगत एकता भएको सर्वाविदितै छ र त्यही संघर्ष अनुरुप यो दुबै संगठले प्रथम चरणको मस्यौदा दहन र कालो झण्डा प्रदर्शनको कार्यक्रम अपार युवा सहभागितामा सम्पन्न गरेको र अब दोस्रो चरणको आन्दोलन स्वरुप वर्तमान संविधानसभा मधेशी जनताको परिवर्तनवादी जन भावना विपरित प्रतिगमन तिर अग्रसर भएको र दुई तिहाईको गणितिय खेलको उनमादमा रहेकोले मधेशी पार्टिहरुको संविधानसभामा अबको उपस्तिथि जन भावना विपरितको संविधानको मतियार र मधेशी जनताको सिर निहुराउने भुमिका वाहेक केही नहुने यथार्थतालाई मध्य नजर गर्दै मधेशी पार्टिहरुलाई संविधानसभा पुर्णरुपले परित्याग गर्न र सम्पुर्ण मधेशी शक्तीहरु एकतृत भई निर्णायक आन्दोलन घोषणा गर्न दवाव स्वरुप तपसिल अनुसारको पार्टिहरुको कार्यालयमा तपसिल अनुसारको मिति र समयमा सुझावपत्र दिने र एक घण्टा धरना कार्यक्रम गर्ने कार्यक्रम राखेको जानकारी गराएको छ । २०७२ श्रावन १७ गते आइतवार दिउसो १ः०० वजे देखी सदभावना पार्टि कर्यालय, श्रावण १८ गते नेपाल सद्भावना पार्टी, श्रावण १९ गते म.ज फोरम गणतान्त्रिक पार्टी कर्यालय, श्रावण २० गते तमसपा पार्टी कर्यालय, श्रावण २१ गते रामसपा पार्टी कार्यालय, श्रावण २२ गते म.ज.फो.लो पार्टी कर्यालय, श्रावण २३ गते संघिय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा राख्ने कुरामा सहमति भएको छ, भने जानकारी ललित मल्लिक सानुर महेश कलबारले  दिनु भएको छ ।

तपाईको प्रतिक्रिया