नायक सिकेको गरिमासँग नयाँ अभियान

बाल विवाह एवम दाइजो कुप्रथा अन्त्यमा यूवाहरुको भुमिका अति महत्वपूर्ण र निर्णायक हुने तथ्यलाई मध्यनजर गर्दे देश भरीका शिक्षण संस्थाहरु जस्तै विधालय, कलेज, प्राविधिक इन्शटिच्यूटका विधार्थीहरुलाई सचेतना गराउन आज बाट बृहत संवाद र पहल कार्यक्रम आज मिती १० श्रावण बाट शुभारम्भ भएको छ । बाल विवाह एवम दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले मार्टिज ममोरिअल इन्सटिच्यूट अफ साइन्स एन्ड टेक्नोलजि, काठमाडौं नामक शिक्षण संस्थाबाट यस देश व्यापि बृहत संवाद र पहल मार्फत विधार्थी सचेतना कार्यक्रमको शुरुवात गरयो । शिक्षण संस्थाको आमन्त्रणामा २५० भन्दा बढी विधार्थीहरुको सक्रिय सहभागितामा पहिलो बृहत संवाद र पहल कार्यक्रमको संचालन गरि यस देश व्यापी अभियानको आज शुरुवात भयो ।       
शिक्षण संस्थाका संचालक समितीका अध्यक्ष निल ताम्राकारको अध्यक्षता संचालन भएको उक्त कार्यक्रममा यस बाल विवाह एवम दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालका सदभावना दुतहरु नायक डा. सि ।के ।सिंह र नायिका गरिमा पन्त विषेश अतिथ्य रहेको थियो । साथै, यस शिक्षण संस्थाका निर्देशक प्रदिप श्रेष्ठ, प्रिन्सिपल सत्य नारायण यादव र अभियान सदस्य सन्तोष विमली समेत अतिथीको रुपमा सहभागी हुनुभएको थियो । यस राष्ट्रिय अभियानका सदस्य देवेन्द राज सिंहले स्वागत र उदेश्यमाथि प्रकाशित पार्दै कार्यक्रम संचालन गर्नु भएको थियो ।
बाल विवाह एवम दाइजोको विश्व व्यापी र नेपालमा वर्तमान अवस्था, यसबाट बालिका र महिलाको जीवनमा पर्ने खतरा सहितका नाकारात्मक असहहरु, यी कुप्रथाहरुले गर्दा समग्र देशको आर्थिक सामाजिक उन्नतीमा परेका बाधाहरु जस्ता अति महत्वपूर्ण विषयहरुमा यस अभियानका तर्फबाट राज कुमार महतोले प्रस्तुती गर्दै विर्धार्थीहरुलाई सचेत गराएका थिए । साथै बाल विवाह एवम दाइजो अब कुनै खास क्षेत्र तथा समुदायको मात्रै नभई समग्र राष्ट्रको मुद्धा भएको जानकारी गराए । बाल विवाह एवम दाइजोलाई अहिले नै निर्मूल पारिए नभने यसको आगोले तराई मधेश पहाड हिमाल कसैलाई पनि बांकी नराख्ने तितो यथार्थ महतोले प्रस्तुत गरे । अहिलेको समयमा पनि नेपालमा ५२ प्रतिशत भन्दा बढी बाल विवाह हुने गरेको र लगभग हरेक विवाहमा दाइजो जस्ता कुसंस्कार व्यापत रहेको वास्तविकतामाथि बृहत छलफल भयो ।
देश भरिनै कुप्रथाको रुपमा रहेका बाल विवाह एवम दाइजो जस्ता सामाजीक कोढलाई निर्मुल पार्न सन २००५ अक्टोबर ११ को दिन देखि जनकपुर क्षेत्रबाट शूरु भएको यो अभियान राष्ट्रिय रुपमा बिस्तार भएको कुरा महतोले प्रष्ट पारे । नेपालमा विध्यमान बाल विवाह एवम दाइजो जस्ता कुप्रथाको अन्त्यको लागि विभिन्न पेशामा आबद्ध व्यक्तिहरुले स्वंयसेवा र सामाजिक परोपकारका सिद्धान्तमा आधारित भएर विगत ९ वर्ष देखि “बाल विवाह एवम दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपाल” संचालन गर्दै आएको व्यहोरा समेत जानकारी गराइयो ।
बाल विवाह एवम दाइजो जस्ता कुप्रथा अन्त्यको प्रयास दृढ प्रतिबद्धताका साथ आफै बाट र अहिले बाट नै गर्नु पर्ने सन्देश नायिका गरिमा पन्तले दिनु भयो । त्यस्तै, कुनै किसिमका दाइजो नलिइकन यही बैशाख १० गते मैले आफनो विवाह गरे, अव दाइजो बिनाका विवाह गर्ने तपाइहरुको पालो रहको साकारत्मक र प्रेरणामुलक आवहान डा. सि। के ।सिंहले उपस्थित युवा विधार्थीहरु लाई गर्नु भयो । यसैक्रममा, यस्ता पावन र निस्वार्थ भावनाले संचालित जन अभियानमा योगदान गर्न पाउनु यस शिक्षण संस्थाको शौभाग्य रहेको र अगामी दिनहरुमा पनि यस यस अयिभानमा सक्रियताका साथ सहकार्य गर्न यो संस्था तत्पर रहेको प्रतिबधता प्रिन्सिपल सत्य नारायण यादवले उल्लेख गर्नु भयो । त्यस्तै, यस शिक्षण संस्थाका अध्यक्ष निल ताम्राकारले आफनो शिक्षण संस्था मार्फत युवाहरुलाइै सिप प्रदान भएको र युवाहरु आत्म निर्भर भएर बाल विवाह एवम दाइजोलाइै अन्तय गर्न सक्षम हुने विश्वास व्यक्त गरे । साथै, यस अभियानको हरेक कदममा आफनो शिक्षण संस्थाको सहकार्य रहने प्रतिबधता जनाउनु भयो र यस अभियानलाई अगाडि बढाउन आफनो शिक्षण संस्थाको तर्फबाट रु दस हजारको सहयोग गर्ने घोषणा पनि गर्नु भयो ।
यस बृहत संवाद र पहल कार्यक्रममा सहभागी २५० बढी विधार्थीहरुले आफुहरु बाल विवाह एवम दाइजोको विरुद्धमा रहको लिखित प्रतिबधता जनाएका छन । बाल विवाह एवम दाइजो अन्त्यकालागि आज बाट शिक्षण संस्थाहरुमा शुरु विधार्थी सचेतना कार्यक्रम निकै प्रभावकारी र प्रशंसनिय रहेको सहभागी विधार्थीहरुले बताए । यसरी, आज एउटा शिक्षण संस्थाबाट शुरु गरिको बाल विवाह एवम दाइजो अन्त्यकालगि बृहत संवाद र पहल मार्फत विधार्थी सचेतना कार्यक्रम क्रमशः देश भरिका शिक्षण संस्थामा संचालन गरिने योजना रहेको यस राष्ट्रिय अभियानका सदस्य देवेन्द्रराज सिंहले जानकारी गराउनु भयो । कुनै पनि शिक्षण संस्थाको आमन्त्रणा र आयोजनमा हामीहरु यो कायक्रम संचालन तथा सहजीकरण गर्न तयार रहको सिंहले भन्नु भयो ।

तपाईको प्रतिक्रिया