रौतहत, साउन ४ गते । संविधानको मस्यौदामाथि सुझाव संकलनका लागि रौतहटको गौरमा एमाले नेता माधवकुमार नेपाल गौरको नगरपालिका भवन भित्र सहभागि कार्यक्रममा एमाले कार्यकर्ताको प्रवेश मात्रै भएकोले स्थानीय र मधेसवादी दलले विरोध गरेका छन् ।
विरोध भए लगतै मधेशवादी दल र एमाले कार्यकर्ता वीच गौर नगरपालिकाको सभाहलमा भएको झडप हुदाँ १२ जना घाइते भएको छन् । कार्यक्रममा ढुंगामुढा भएपछि दुवै तर्फका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा पूर्व सभाषद बबन सिंह, अनिल सिंह लगायत अन्य रहेका छन ।
माधवकुमार नेपालसहित , बंशिधर मिश्र,रामकुमार भट्टराई सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलम लगायतको सभासदहरूलाई प्रहरीले कडा सुरक्षा घेराभित्र राखेको छ । बिहान साढे सात बजेका लागि निर्धारण गरिएको कार्यक्रममा स्थानीयको प्रवेशमा रोक लगाएकोले विरोध गरेपछि तनाव सुरु भएसँगै सुझाव संकलन कार्यक्रम बिथोलिएको छ ।









तपाईको प्रतिक्रिया