Khadya Bibhag

श्याम सुन्दर गुप्ता रिहाय (पत्रकार सम्मेलनको आयोजना गर्दै)

काठमाडौ साउन २ गते । उद्योगपति पवन संघाईको अपहरण आरोपमा जेलमा रहेको पूर्वमन्त्री श्यामसुन्दुर गुप्ता आज रिहाय  भएको छ । नेपाल सद्भावना पार्टीका अध्यक्ष समेत भइसकेका गुप्ताले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा लुकाएर बेपत्ता पारी फिरौती वापत ८५ लाख रूपैयाँ लिई मुक्त गरेको अभियोग लागेको थियो । उनी रिहाय भएपछि अहिले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै छ ।

गुप्तामाथि लागेको अपहरण तथा शरीर बन्धक अभियोगमा काठमाडौँ जिल्ला अदालतले अघिल्लो गएको जेठ १७ गते ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो । उनी यो अवधि त जेल बसिसकेका छन् । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस्तो फैसला सुनाएको हो । फैसलाबमोजिम गुप्ता कैद भुक्तान गरी आज जेलमुक्त भएका छन् ।

गुप्तामाथि २६ माघ ०६८ मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले १७ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो । व्यापारी संघाई ७ पुस ०६८ मा  राजधानीको कमलादी मन्दिरनजिकबाट अपहरणमा परेका थिए । गुप्तालाई कम्तीमा १७ वर्ष कैद माग्दै २६ सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा दर्ता गरे तर उनले ३ वर्ष ६ महिनामात्र बस्न पर्ने भयो । अपहरण मुद्दामा कम्तीमा सात वर्ष कैद हुने गरेको छ । गुप्ताका हकमा त्यसको पनि आधामात्र भयो ।

नेपाल सद्भावना पार्टी आनन्दीदेवीको अध्यक्ष हुँदै भएको बेला उनी जेल परेका थिए र सो पार्टीको विवाद सर्वोच्च अदालतमा थियो । सर्वोच्चले पार्टीको बारेमा निर्णय गरेको सरिता गिरीलाई अधिकारीता दिएको छ । आपूर्तिमन्त्री रहेका बेला गुप्ता व्यापारी अपहरण काण्डमा परे । उनी जेल चलान भए । उनी अध्यक्ष रहेको पार्टीको अध्यक्षको दावेदार खुशीलाल मण्डल र सरिता गिरी पनि थिए ।

तपाईको प्रतिक्रिया