झापा,३१ असार – पूर्व पश्चिम राजमार्गमा सवारी चल्न नदिने अभियानमा संलग्न लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीका सात जना कार्यकर्ता पक्राउ परेका छन् । लिम्बुवान राष्ट्रिय क्रान्तिकारीहरुलाई झापाको बुट्टाबारीबाट बिहीबार दिउँंसो पक्राउ गरिएको हो ।
लिम्बुवान क्रान्तिकारी पार्टीले अरुण पूर्वका नौ जिल्लामा आम हड्ताल घोषणा गरेको छ । यसक्रममा सवारी आवागमनमा रोक लगाउदै हिडेका कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–९ निवासी असिम माझी, सोही ठाउँ निवासी पूर्ण माझी, शनिअर्जुन–८ निवासी सन्तोष सुब्बा, मोरङको पथरी–९ निवासी विशाल शेर्मा, शनिअर्जुन–८ निवासी चन्द्रराज लिम्बू, शनिअर्जुन–९ निवासी सुरेश तामाङ र सोही ठाउँका अशोक माझी रहेका छन् ।
सो पार्टीले अरुण पूर्व नौ जिल्लालाई लिम्बूवान नामाङ्कन तथा सीमाङ्कन गर्न माग गर्दै बन्दको आह्वान गरेको हो सो पार्टीले गरेको आम हडतालका कारण आज बिहानैदेखि पूर्वको जनजीवन प्रभावित भएको छ ।बन्दका कारण लामो दूरीका सवारीसाधन छिटफुट मात्र चलेका छन् भने छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । त्यस्तै, उद्योगधन्दा, कलकारखाना पनि सञ्चालनमा आउन सकेका छैनन् ।



तपाईको प्रतिक्रिया