काठमाडौँ, २८ असार । असार २९ गतेका दिन मधेशी मोर्चाले बृहद जनप्रर्दशन गर्ने तयारीमा छ ।
मधेशी मोर्चाका प्रमुख चार दलले काठमाडाँै उपत्यकामा जनप्रर्दशन गरि जुलुस गर्ने तयारी भइरहेको जानकारी सद्भावना पार्टीको महासचिव मनिष सुमनले जानकारी दिनु भयो । सुमनका अनुसार असार २९ गते को जनप्रर्दशन तथा जुलुस कार्यक्रममा काठमाडौँमा वस्दै आएका राजनीतिककर्मी, बुद्धिजीवि, विदार्थी, युवा नेता लगायत विभिन्न क्षेत्रमा संग्लग्न भएको मधेशी मुलका मधेशीहरुको सहभागिता रहनेछ । मधेशी मोर्चाको कार्यकर्ता, विदार्थी युवावर्ग, शिक्षण पेशाकर्मी , विभिन्न क्षेत्रको हजारौँ हजारको संख्यामा उपस्थित भइ जुलुस जनप्रर्दन उपत्याका सुनधारावाट त्रिपुरेश्वर हुदै माइतीघर मण्डलाको रोड शो गर्दै संविधान सभा भवन सम्म जुलुस प्रर्दशन गर्ने वताउनु भयो ।
त्यसै गरि मधेशी मोर्चाको अर्का अर्का पाटी तराई मधेश सदभावना पाठीृका बरिष्ठ नेता राम नरेश रायको अनुसार भोलीको जनप्रर्दशनमा मधेशवाट जनतालाई नवोलाए पनि काठमाडौँमा भएको मधेशीहरुको सहभागिता रहनेछ । जुलुसमा हजारौँ हजारको संख्यामा मधेशवादी दलका नेता, कार्यकर्ता, विदार्थी नेता, विद्यार्थी, साथै विभिन्न पेशामा संग्लगन मधेशीहरुको ठुलो जनसहभागितले जुलुसलाई सफल पार्न तयारी भएको छ ।
मधेशी मोर्चाको प्रमुख चार दलको जुलुस जनप्रर्दशनमा संघिय समाजवादी फोरमको उपेन्द्र यादव, सद्भावना पाटीृको अध्यक्ष राजेन्द्र महतो, तराइृ मधेश लोकतान्त्रिक पाटीृको अध्यक्ष महन्थ ठाकुर लगायत तराई मधेश सद्भावना पाटीृको अध्यक्ष महेन्द्र यादवको सहभागितामा जुलुस जनप्रदृशन कार्यक्रमलाइृ नयाँ मोड दिनेछ ।






तपाईको प्रतिक्रिया