पर्सा, असार १७ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको मूल्य मान्यताविपरीत ल्याएको मस्यौदाबाट निर्माण भएको संविधानले मुलुकमा नयाँ किसिमको द्वन्द्व जन्माउने धारणा राखेका छन् ।
मधेसी पत्रकार सङ्घ पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चार दलको १६ बुँदे सहमतिको आधारमा सङ्घीयता, समावेशिता र समानुपातिक निर्वाचन प्रणालिको सिद्धान्तविपरीत ल्याइएको संविधानले मुलुक कुशासन, भ्रस्टाचार र द्वन्द्वको भूमरिमा फस्ने दाबी उनले गरे ।
सम्पूर्ण आन्दोलनको उपलब्धिलाई समाप्त पार्दै चार दलको सिन्डीकेटले ल्याउन चाहेकोे संविधानले मुलुकलाई द्वन्द्वको नयाँ चरणमा प्रवेश गराएको बताए । उनले अन्तरिम संविधानको भावना र मधेसी, जनजाति, आदिवासी, दलित, पिछडिएकाको भावनालाई समेट्ने गरी सङ्घीय लोकतान्त्रिक समावेशी, समानुपातिक गणतन्त्रात्मक संविधान आए मात्र सङ्क्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरे ।
१६ बुँदे सम्झौता गरेदेखि नै देशमा द्धन्द शुरु भइसकेको बताउँदै अध्यक्ष यादवले यो सरकार दिनदिनै निरकुश हुँदै गएको बताए ।



तपाईको प्रतिक्रिया