पर्सा, असार १६ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिका लागि लडाइँ जारी राख्ने बताउनुभएको छ ।
फोरम नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सबैको अधिकार सुनिश्चित गरेर मात्रै संविधान ल्याओस् भन्ने सन्देश दिन संविधानको पहिलो मस्यौदालाई च्यातेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले चार दलबीच भएको १६ बुँदे सहमतिले परिवर्तनकारी र यथास्थितिवादीबीच ध्रुवीकरण ल्याएको बताउनुभयो ।
उहाँले नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादीलगायत चार दलले सहमति गरी सङ्घीयतालाई सिध्याउने षडयन्त्र रचेको आरोप पनि लगाउनुभयो ।
भेलालाई पार्टीका सम्बोधन गर्दै पार्टी उपाध्यक्ष एवम् सभासद् लालबाबु राउत गद्दी र पूर्व शिक्षा मन्त्री रेणू यादवले निर्णायक आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।



तपाईको प्रतिक्रिया