काठमाडौं माघ ९ गते । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल र र जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई उपराष्ट्रपति नन्दबहादुर पुनको घरमा भेटवार्ता भएको छ ।
उहाँहरु बीच पार्टी एकता गर्नेसम्मको कुराकानी भएको स्रोतले दावी गरेको छ । नेकपा (प्रचण्ड–माधव समूूह) जसपा नेपाल प्रधानमन्त्री केपी शर्मा अोलीको कदम विरुद्ध आन्दोलन गरिरहेको छ ।
ती आन्दोलनका लागि कार्यगत एकता गर्ने विषयमा पनि छलफल भएको स्रोतले दावी गरेको छ । छुट्टा छुट्टै आन्दोलनले निष्कर्षमा पुुग्न सकिदैन गठबन्धन बनाएर आन्दोलनमा जानुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले गर्नुभएको स्रोतले दावी गरेको छ ।
अध्यक्ष प्रचण्डले जसपा नेपाल र नेकपाबीच एकीकरण गर्न यसअघि पनि प्रयास गर्नुभएको थियो । तर अध्यक्ष भट्टराईले ओली अध्यक्ष रहेसम्म एकताको कुरासम्म नगर्ने भन्दै आउनुभएको थियो । अहिले ओली अलग भएपछि प्रचण्डले पुनः त्यो कुरालाई अगाडि बढाएको स्रोतले दावी गरेको छ ।



तपाईको प्रतिक्रिया