बाँके, असार १४ गते । ‘हाम्रो आवाज महिला तथा बालबालिका बेचविखन मुक्त समाज’ सन्देश रहेको बाँके नेपाल–भारत सीमा क्षेत्रका पदाधिकारीको कार्यशाला हिजोदेखि यहाँ सुरु भएको छ ।
नेपालको तर्पmबाट बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारतका तर्पmबाट बहराइच जिल्लाका सहायक मजिष्ट्रेड घनश्यामले नेतृत्व गर्नु भएको कार्यशालामा नेपालका प्रहरी उपरीक्षक गोविन्द परियार, माइती नेपालका बरिष्ठ बरिष्ठ कार्यक्रम अधिकृत सविन गुरुङ्ग, भारतका प्रहरी उपरीक्षक नेहा पाण्डेलगायतको कार्यशालामा सहभागिता रहेको छ ।
त्यसैगरी, कार्यशालामा दुवै देशमा कार्यरत सरोकारवाला अन्य सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी समेत सहभागिता रहेको कार्यशालामा बेचबिखन रोक्न भएका अहिलेसम्मका प्रयासको समीक्षा र भावी योजना तय गरिने माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले जानकारी गराउनुभयो ।



तपाईको प्रतिक्रिया