Khadya Bibhag

राउतको अभिव्यक्तिप्रति मधेशी पत्रकार खेद प्रकट

काठमाडौ जेठ २४ गते । स्वतन्त्र मधेशका लागि संघर्षरत सिके राउतले केही दिनपहिले आफ्नो फेसबुक मार्फत मधेशी पत्रकारमाथि लगाएको आरोपको खण्डन गर्दै मधेशी पत्रकार संघले त्यसलाई सच्याउनका लागि माग गरेको छ ।
संघले आज प्रेस विज्ञप्ति जारी गरी ‘मधेश की पत्रपत्रिकाओके विषयमें’ शीर्षकअन्तर्गत मधेशी पत्रकारहरुलाई लाञ्छित गरी राउतको स्टेट्सले आममधेशी पत्रकारहरुको स्वाभिमानमाथि गम्भीर आघात पुगेको ठहर गरेको छ ।
मधेशी पत्रकारहरु आफ्ना कर्तव्य र दायित्वप्रति पूर्ण सचेततापूर्वक क्रियाशील रहेको उल्लेख गर्दै कसैका दबाबमा परी कसैका व्यक्तिगत लाभ हानीका विषयलाई प्रमुखता दिन मधेशी पत्रकार वा सञ्चारमाध्यम बाध्य नरहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
राउतले आफ्ना विभिन्न पुस्तकमा प्रकाशित आलेखहरु साभार गर्न राउतले दिएका सुझावले उनको समुच्चै मनसायलाई स्पष्ट पारिदिएको उल्लेख गर्दै इमान्दारीपूर्वक आफ्ना कर्तव्यमा क्रियाशील मधेशी पत्रकारहरुलाई अनावश्यक आक्षेपप्रति संघले खेद प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया