काठमाडौ जेठ १८ गते –सविधान निर्माणमा सहमति जुटे मात्र राष्ट्रिय सहमतिको सरकारको बारेमा सोच्न सकिने कुरा ३० दलीय गठबन्धनको बैठकमा उठेको छ । गठबन्धनको आजको बैठमा बोल्ने नेताहरुले अहिलेको अवस्थामा राष्ट्रिय सरकारको बारेमा सोच्न नसकिने तर्कहरु प्रस्तुत गरेका थिए । राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाका अनुसार गठबन्धनका संयोजक एवं एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको शुरुमै दलहरुको बीचमा सविधान निर्माणमा सहमति जुटाउने कुरा भइरहेको तथा फास्टट्रयाकबाट सविधान बनाउने कुरा आएको भन्दै त्यस अवस्थामा राज्यपुनःसरचना, निर्वाचन प्रणालीलगायतका विषयमा कतिसम्मको लचिलो हुने विषयमा कुरा राख्न दलका नेताहरुलाई आग्रह गरेका थिए । तर, बोल्ने अधिकांश नेताहरुले सविधानको विषयवस्तुभन्दा पनि सरकार निर्माणको बारेमा केन्द्रीत भएर कुरा राखेका थिए । प्रवक्ता झाका अनुसार बोल्ने अधिकाँश नेताहरु सहमतिको सरकार निर्माण हुनुपर्छ भने कुरामा सहमत थिए तर त्यसअघि सविधानको अन्तरवस्तुमा सहमति हुनुपर्नेमा जोड दिएका थिए । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिको सरकारको कुनै तुक नरहेको कुरा राख्दै त्यसअघि सविधान निर्माणमा सहमति हुनुपर्ने कुरामा जोड दिएका थिए । सबै दलको एउटै सरकार बनाए पनि केही प्राप्त नहुने भन्दै उनले पहिला सविधान जारी गरौं अनि मात्र सरकारको कुरा गर्न सकिने धारणा राखेका थिए । उनले एमाओवादी प्रतिपक्षि दलको रुपमा नदेखिएको भनि टिप्पणी समेत गरेका थिए । एमाओवादीका अध्यक्ष प्रचण्डलाई प्रतिपक्षि दलको भूमिकामा रहन सुझाव दिँदै केपी ओलीलाई विमार भन्ने ३० दलीय गठबन्धन आज त्यसैको पछाडि लागेको भन्दै उनले आलोचना गरेका थिए । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले काँग्रेस र एमालेले सविधान निर्माणको बारेमा आफ्नो कुनै धारणा ल्याएको छैन तर ३० दलीय गठबन्धनले हतार गरेको टिप्पणी गर्दै यस्तो बैठकले कुनै निष्कर्ष ननिकाल्ने धारणा राखेका थिए । ‘पहिलो उता ९काँग्रेस र एमाले० बाट केही कुरा आउनुपर्छ अनि मात्र हामीले आफ्नो धारणा बनाउनु पर्छ,’ उनले भने, ‘सरकार गठनका लागि पनि हतार गर्नु हुँदैन । जजसलाई सरकारमा जानुछ जान दिनस् । हामी हतार गर्नु हुँदैन ।’ सविधान निर्माणको सुनिश्चित तथा सहमति भएपछि मात्र राष्ट्रिय सहमतिको विषयमा छलफल गर्न सकिन्छ भन्ने पक्षमा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठी, अशोक राई, प्रेमबहादुर सिह, पर्शुराम तामागं, रुकुमणी चौधरी, गंगा चौधरीलगायतले धारणा राखेका थिए ।



तपाईको प्रतिक्रिया