Khadya Bibhag

छुट्टा छुट्टै दुर्घटनामा एकको मृत्यू र दर्जनौ घाइते

File Photo

सिरहा, जेठ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र सप्तरीको छुट्टाछुटै स्थानमा गएराति र आज बिहान भएको सवारी दुर्घटनामा एक जना सहचालकको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामाल गाविस– ४ मा स१त २२०० नंको ट्र्याक्टरबाट माटो झार्ने क्रममा डालाले किचेर ट्र्याक्टरका सहचालक बडहरामाल– ४ निवासी २० वर्षीय सुवास सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सिरहाको लहान नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

ना४त ४०७७ नंको ट्र्याक्टर लहान १९ स्थित सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा सिरहाको भगवतीपुर तामाचुइया– २ निवासी ७० वर्षीया जितनीदेवी मलाह, उहाँका चार वर्षीय नाति सुनिलकुमार मलाह र ४५ वर्षीय रामसुनर मण्डल भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

घाइते तीनै जनालाई उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।

ट्र्याक्टर चालक फरार भएकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बकुधुवामा आज बिहान पोखराबाट काँकडभिट्टा जाँदै गरेको रात्रि बस दुर्घटना हुँदा बसमा सवार एक दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।

मे१ख १५५३ नंको रात्रि बस बिहान २ बजेतिर अनियन्त्रित भई बकधुवा– ९ स्थित सडक किनारमा रहेको आँपको रुखमा ठोक्किएर भएको दुर्घटनामा १८ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये बसका चालकसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँहरुलाई उपचारका लागि विराटनगर पठाइएको र अन्य १४ जना यात्रुको स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया