Khadya Bibhag

अनिल झाले भने, नेपाल सद्भावना पार्टीको सदस्यता नविकरण गराउन आउँदा हुन्छ

काठमाडौ बैशाख ५ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सद्भावना नाम जोडेर निर्माण भएका सबै पार्टीलाई आफ्नो पार्टीमा समाहित हुन आह्वान गरेका छन् ।
राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीले एकीकरण वार्ताका लागि चिठी पठाएको भोली पल्ट अध्यक्ष झाले यस्तो आह्वान गरेका हुन् । आज साँझ सहारा टाइम्ससँग कुरा गर्दै अध्यक्ष झाले भने, चिठी प्राप्त भएको छ, त्यसमाथि समान्य छलफल भयो । मूल पार्टी नेपाल सद्भावना पार्टी भएका हुनाले अरु यसबाट अलग भएका पार्टीहरु यसमा त्यतिकै आए हुन्छ यसमा वार्ता र चिठी पत्रको के कुरा ।’
उनले नेपाल सद्भावना पार्टीका सदस्यता लिएकाहरुलाई पुनः अर्को सदस्यता लिन आवश्यक छैन, आएर सदस्यता नविकरण गराई पार्टीमा काम गर्न आग्रह गरे । नेपाल सद्भावना पार्टी जुन अवस्थामा छ त्यही अवस्थामा रहन्छ, यसको केही पनि फेरबदल हुँदैन, उनले भने, यो माओपार्टी हो, यो पार्टीमा जो आउँछन् सबै कुरा स्वीकार गरेर आउनुपर्छ ।’
आफ्नो पार्टीको बैठक जारी रहेकाले सद्भावना पार्टीसँग वार्ता गर्ने या नगर्ने बारे निर्णय हुन बाँकी रहेको अध्यक्ष झाले बताए ।

तपाईको प्रतिक्रिया