राजविराज, चैत १९ गते । तिम्रो प्रेमिकाले तिम्रो अश्लिल भिडियो बनाएको छ हेर्न आउ भनि बोलाएर एक १६ वर्षीय बालिकालाई युवाहरुले सामुहिक बलात्कार गरेको छ । सातजना युवक मिलेर ती बालिकाको बलात्कार गरेपछि ती बालिकाको अहिले उपचार भइरहेको छ ।
पीडित पक्षले आज यहाँ पत्रकार सम्मेलन गरी ‘तिमीले लभ गरेको युवकले तिम्रो सेक्स भिडियो बनाएको छ’ भन्दै एक युवकले ती बालिकलाई बोलाएर आफूसहित सात जना मिलेर बलात्कार गरेको पीडित परिवारले जानकारी गराएको छ ।
एसएलसी परीक्षा सकिएको दिन चैत १३ गते ती बालिकालाई राजविराजका शम्भु साहले एउटा कोठामा लगी सामूहिक बलात्कार गरेका हुन् । पीडितका दाईले दिएको जानकारी अनुसार चैत १३ गते दिउँसो एक बजे आफ्नी बहिनीलाई बोलाएका शम्भु साहसहितकाले साँझ ५ बजेसम्म अनैतिक काम गरेका हुन् । ‘बहिनी घर नआएपछि खोजी गर्दै जाँदा घट्नाबारे थाहा पाएको बताए ।
शम्भुसहित राजविराजका कमल साह, नवीन दत्त, नर्घाेका दिपेश यादव, सुनसरीका दिपक यादव, राजविराजका जितेन्द्र खंग, मलेठका फुदिन मियाँले बलात्कार गरेको बालिकाको बयानको आधारमा उनीहरुले पत्रकार सम्मेलनमा बताए ।
एक वर्षअघि पनि यसै गरी एकजना केटाबाट उनी बलत्कृत भएकी थिइन् र सोही घटनाको अश्लिल भिडियो बनाएको भन्दै शम्भुले बालिकालाई ब्लयाकमेलिगं गरी कोठामा बोलाएका थिए । सामूहिक बलात्कारपछि दोषीसहित विभिन्न नेताहरुले मिल्ने धम्की दिइरहेका कारण तत्काल घट्ना सार्वजनिक नगरेको बताए ।
उनले विभिन्न पक्षको धम्कीका कारण अहिले पनि ती बालिकालाई न्याय दिलाउने अभियानमा लागेका व्यक्तिहरु त्रसित रहेको बताउँछन् ।



तपाईको प्रतिक्रिया