काठमाडौ चैत १९ गते । नेपाल प्रेस युनियन चितवनले वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई चिजकुमारी–विष्णुकुमारी स्मृति राष्ट्रिय पुरस्कारबाट आज सम्मान गरेको छ । २५ हजार ५५५ रुपियाँ राशीको सो पुरस्कारबाट कविर राणा पनि पुरस्कृत भएको छ ।
पत्रकारद्धयलाई नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सम्मान गरेका थिए । पत्रकार झा, हिमालय टाइम्स, अन्नपूर्णपोष्ट लगायत अन्य मिडिया हाउसहरुमा कार्यकुलशतापूर्वक काम गरेका छन् भने हाल एक टेलिभिजनमा कार्यरत छन् । नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत रहेका झा मधेशी पत्रकार संघका केन्द्रीय सल्लाहकार पनि हुन् ।



तपाईको प्रतिक्रिया