-राकेश यादव
रौतहट, चैत १९ गते । सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णय विरुद्ध अहिले रौतहटको गौरमा आन्दोलन चर्किएको छ । उद्योग वाणिज्य संघको अगुवाईमा हिजोदेखि अनिश्चितकालको लागि रौतहटको बजार तथा यातायात बन्द भएको छ ।
आन्दोलनकारी र प्रहरीबीच झड्प भएको कारण प्रहरी र आन्दोलनकारी घाइते भएको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले बताए । सदरमुकाम गौरको अदालत चौक अगाडिका केही पसललाई बन्द गराउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । भडपका क्रममा बन्दकर्ताद्धारा प्रहार गरिएको ढुंगाबाट दुई जना प्रहरी जवान एक पूर्वसभासदसहित एक दर्जन भन्दा बढी आन्दोलनकारी घाईते भएका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
शान्तिपुर्ण तरीकाले गरेको आन्दोलबाट सरकारलाई कुनै फरक नपरेकाले अन्तिम विकल्पको रुपमा आम हड्ताल गर्नु परेको यादवले बताए । बुधवार विहानैदेखि बन्दको कार्यक्रमलाई सफल बनाउन बन्दकर्ताले सदरमुकामका विभिन्न सडकहरुमा टायर बाली एमालेका नेता केपी ओली र पूवप्रधानमन्त्री माधव कुमार नेपालका तथा नेपाली काँग्रेसका नेता सुशील कोइरालाका पुतला दहनगर्नुका साथै जूता चप्पलले पुतलामा प्रहार गर्दै ढुंगा राखी सडक अवरुद्ध बनाएका छन् ।
सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णयलाई मन्त्रिपरिषदको बैठकबाट तत्काल खारेज गर्न माग राख्दै उद्योग वाणिज्य संघको नेतृत्वमा स्थानीय राजनीतिक दल, नागरिक समाज, नेपाल लेखापढी कानुन व्यवसायी एसोशिएसन, लेखापढी कानुन व्यवसायी समिती तथा जेष्ठ नागरिक संघले संयुक्त रुपमा चैत २ गते देखि नै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
बन्दका कारण सदरमुकाम तनावपूर्ण बनेको छ । शान्तिपूर्ण आन्दोलन घोषणा गरी तपाईहरु उग्र रुप अपनाउनु कतिको उचित हो भनि रौतहट उधोग वाणिज्य संघका अध्यक्ष कन्तमुणि जयसवाल लाई सोध्दा यो त अहिले टे«लर मात्र रहेको र सरकारले आफ्नो निर्णय तुरन्त फिर्ता नलिए पूर्व प्रम माधव नेपाललाई रौतहट प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।



तपाईको प्रतिक्रिया