काठमाडौँ, १८ चैत । जीउ मास्ने बेच्ने मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेर्को अभियुक्त सोनु भन्ने सरस्वती लामालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उनले मुम्बईमा कोठीसमेत सञ्चालन गर्दैआएको बताइएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले बौद्धले पक्राउ गरी उनलाई आज काठमाडौँ जिल्ला अदालत पेस गरेकामा अदालतले आजकै मितिदेखि कैद भुक्तानका लागि केन्द्रीय कारागारमा पठाएको छ ।
विसं २०५३ भदौमा कृष्ण परियार र रमेश रामसमेतका व्यक्तिले पीडित युवतीलाई बिक्रीका लागि भारतको मुम्बई पु¥याई लामालाई बेचेका थिए । लामाले ती युवतीलाई आफ्नो कोठीमा केही दिन वेश्यावृत्तिमा लगाई पुनः अर्की मीरा भन्नेलाई बिक्री गरेकी थिइन् । पीडितलाई यातना दिएर वेश्यावृत्तिमा लगाइरहेको अवस्थामा भारतीय प्रहरीले उद्धार गरेको थियो ।
माइती नेपालमा आश्रय लिइरहेकी पीडितले २०५५ साल वैशाख २७ गतेका दिन लामाविरुद्व दिएको उजुरीमा काठमाडौँ जिल्ला अदालतले १० वर्षको कैद फैसला गरेपनि लामा फरार रहँदैआएकी थिइन् ।
प्रहरीको विज्ञप्ति
श्री प्रहरी प्रधान कार्यालय
केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज
प्रेस विज्ञप्ति
ू युवतीलाई खरिद गरी जबरजस्ती बेश्यावृतिमा लगाउने मुम्बईकी कोठी संचालिका १७ बर्षपछि पक्राउू
घटना विवरण
जिउ मास्ने बेच्ने मुद्दामा प्रतिबादी सोनु भन्ने सरस्वति लामालाई काठमाण्डौं जिल्ला अदालतको मिति २०५५।०८।०७ को फैसलाले १० बर्ष कैद हुने ठहर भएको हुदा जिल्ला काठमाण्डौं का।म।न।पा। वडा नं। ६ बस्ने बर्ष ६० की निज प्रतिबादीलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले मिति २०७१।१२।१७ गते बौद्ध, काठमाण्डौंबाट पक्राउगरी मिति २०७१।१२।१८ गते काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको छ ।
२०५३ साल भाद्र महिनामा कृष्ण परियार र रमेश राम समेतका ब्यक्तिहरुले पिडित यूवतीलाई ९पिडितको नाम,थर, वतन गोप्य राखिएको० बिक्रि गर्नका लागि भारतको मुम्बई पु(याई सोनु भन्ने सरस्वति लामा घरवालीलाई बेची आएको र निज सोनुले आफ्नो कोठीमा केहि दिन धन्दामा लगाई पुनस् आफ्नी दिदी मिरा भन्ने घरवालीलाई बिक्रि गरी यातना समेत दिई वेश्यावृतिमा लगाईरहेको अवस्थामा भारतीय प्रहरीले पिडितलाई उद्दार गरी भैरहवा स्थित माईति नेपालको आवधिक गृह मार्फत माईति नेपाल गौशाला, काठमाण्डौंमा पठाएकोमा पिडित जाहेरवालाको मिति २०५५।०१।२७ गतेको जाहेरीले र वारदातमा संलग्न प्रतिबादी सोनु भन्ने सरस्वति लामा उपर जिऊ मास्ने बेच्ने मुद्दामा अनुसन्धान गरीएको ।
काठमाण्डौं जिल्ला अदालतबाट कैद म्याद ठेकीएकी प्रतिबादी सरस्वति लामालाई आजै मिति २०७१।१२।१८ गतेदेखि श्री केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा कैद भुक्तानको लागि राखिएको छ ।
पक्राउ अभियुक्त
नाम-सरस्वति लामा उमेर- ६० बर्ष
ठेगाना-जिल्ला काठमाण्डौं का।म।न।पा। वडा नं। ६।
मुद्दा जिउ मास्ने बेच्ने ।
कैदस् १० बर्ष ।
पक्राउ मिति २०७१।१२।१७ गते ।
पक्राउ स्थान बौद्ध, काठमाण्डौं ।
(थप जानकारीका लागि ) प्र।उ। किरण बज्राचार्य, सम्पर्क मो। नं। ९८०२०३३८९००
मिति स् २०७१।१२।१८ गते ।



तपाईको प्रतिक्रिया