काठमाडाँै, चैत १७ गते । केही दिनअघि एमाओवादीका नेता एवं सभासद् प्रभु साहले पार्टीका अध्यक्ष प्रचण्डलाई हत्या गर्ने योजना बनाएको आरोप लगाउने पार्टीका रौतहटका संविधानसभा सदस्यहरु सत्यनारायण भगत र अशोक जयसवालसँग पार्टीले स्पष्टीकरण माग गरेको छ ।
केही दिन पहिले वीरगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै उनीहरुले अध्यक्ष प्रचण्डलाई हत्या गर्ने आरोपलगायत नेता साहमाथि अन्य लञ्छना लगाएको भन्दै नेता साहले पार्टी कार्यालयमा उजुरी गरेका थिए र सोही उजुरीको आधारमा उनीहरुलाई स्पष्टीकरण सोधेको पार्टी स्रोतले जनाएको छ ।
रौतहटको क्षेत्र नम्बर ४ बाट सविधानसभा सदस्यमा निर्वाचन भएका भगत र समानुपातिक सभासद्मा चयन भएका जयसवाल अध्यक्ष प्रचण्ड पक्षधर मानिन्छ भने नेता प्रभु साह डा.बाबुराम पक्षधर मानिन्छ ।



तपाईको प्रतिक्रिया