Khadya Bibhag

प्रधानमन्त्री सत्ता समिकरणमा लागेको महेन्द्रको आरोप

काठमाडौ चैत ४ गते । तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधानसभाबाट प्रक्रिया सुरु भएकै दिन संविधानसभा छाडेर सडकबाट संविधान बनाएर जनतालाई दिने चेतावनी दिदै प्रधानमन्त्री, काँग्रेस र एमालेले प्रक्रिया स्थगित गरेर सहमतिमा संविधान ल्याउने प्रतिबद्धता व्यक्त गरे मात्रै फेरि बार्ता हुन सक्ने बताएका छन् ।
उनले दुई तिहाईबाट संविधान बनाउन सक्दैनन । बनाई हालेपनि पनि आफूहरु संविधानसभा छाडेर सडकबाट संविधान जारी गर्ने भनि चेतावनी दिए ।
प्रधानमन्त्रीको आव्हानमा आफूहरु वार्तामा बसेपनि नौ बुँदे मान्न भनेपछि आफूहरु बाध्यताले आन्दोलनमा जानु परेको दावी गर्दै उनले काँग्रेस अहिले संविधान भन्दा पनि सत्ता र महाधिवेशन समिकरणमा लागेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया