Khadya Bibhag

दुई तिहाई बहुमतको आधारमा सविधान बनाउन उपेन्द्रको चुनौति

काठमाडौ चैत ४ गते । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्षले विगतका सहमति सम्झौता कार्यान्वयन गरे मात्र आन्दोलन रोकिने बताएका छन् ।
विगतका उपलब्धिहरु राक्षा गर्न र जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन गर्नुपरेको बताउँदै उनले सहमतिको आधारमा बनेको संविधानमा सबैको स्वामित्व हुने भन्दै जनताको कुरा नसुन्ने र सहमति कार्यान्वयन नगरे मुलुकमा निर्विकल्प विद्रोह हुने चेतावनी दिए ।
सत्तापक्षसँग दुई तिहाई बहुमत भए संविधान बनाउन चुनौति दिदै यादवले भने, दुई तिहाईबाट बनाएको सविधान राम्रो भए जनताले स्वीकार गर्नेछन् नभए त्यसलाई च्यातिनेछ । विगतका आन्दोलन र सम्झौता अनुसार संविधान बनाए जनताले आफूहरुको आन्दोलन साथ नदिने बताउँदै उनले आन्दोलनबाट फर्काउनुको एउटै सुत्र सहमतिबाट सविधान निर्माण गर्नु रहेको बताए ।
विगतमा भएका सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो भएकोले फुकाउन आफूहरु वार्तामा बसेको स्पष्ट पार्दै वार्तामा बस्नेहरुले नै सहमति गर्नुको साटो आफूहरुलाई अपमानित बनाएर निकाल्ने काम गरेको बताए ।
सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले काँग्रेस एमालेसहितका दलहरुको दुई तीहाई मतलाई रद्दीको टोकरीमा राखेर संविधान निर्माण हुन नसक्ने बताए । जनताको अभिमतबाट संविधान बनाउने स्पष्ट पार्दै उनले जनताको मतको अपमान गरेर संविधान बनाउनु ब्यवहारिक नहुने बताए ।
दुई तीहाई बहुमतमा मत थपेर सबैलाई स्वामित्व ग्रहण गर्ने बातावरण बनाउने प्रयत्न वार्तामा भएको बताउँदै मन्त्री रिजालले अधिकतम सहमति कायम गर्ने आफूहरुको सदासयतालाई कमजोरी नठान्न चेतावनी दिए ।
डा. रिजालले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तीस दलीय मोर्चाको बैठकमा बोलेको भनि आमसञ्चारमाध्यममा आएका कुरा साँचो भए त्यो सकारात्मक भएको भन्दै प्रचण्डले पनि दुई तिहाई, आन्दोलनबाट उत्पन्न हुने परिस्थिति स्विकारेकोले यसमा ईमान्दार हुने हो भने वार्ताबाट सहमति खोजेर मुलुकलाई निकास दिन सकिने बताए ।
उनले विगतमा भएका सहमति आफूहरुले मानेको र पुराना सहमतिकै आधारमा नौ बुँदेमा संघीयताको खाँका बनाएको दावी गर्दै विपक्षीहरुलाई त्यस्तो नलागेको भए ब्याख्या गर्ने स्थान संविधानसभा भएकोले त्यहाँ आएर छलफल गर्न सुझावदिए ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काग्रेस एमालेले बनाए अनुसारकै संघीयता होस् भन्ने पक्षमा रहेको बाहिर खाली राजनीति कायम राख्न आन्दोलन गरेको दावी उनले गरे ।

तपाईको प्रतिक्रिया