डाक्टर सिहले विना दाइजो गर्दैछन् विवाह

काठमाडौ चैत ३ गते । मधेशमा दहेज अभिशापको रुपमा आइरहेको छ । कसैको लागि दहेज व्यवसायी बनेको छ भने कसैको लागि अभिशाप । यसैबीचमा मधेशका एकजना युवाले कुनै दहजे नलिइकन नमुना स्थापित गरेका छन् । हुन त अरु अरुले पनि दहजे नलिइकन विवाह गरेका छन् तर यी युवाले दहेज नलिइकन जसरी विहे गर्न गइरहेका छन् त्यसले सबैलाई अच्चमित बनाएको छ । ती युवा हुन् डा.सीके सिह । जो पेसाले डाक्टर हुन् र प्रध्यापक पनि । त्यसका साथै उनी कलाकारीतको क्षेत्रमा पनि राम्रै नाम कमाइरहेका छन् त्यस अवस्थामा उनको त झन मोलमोलाई हुनुपर्ने हो तर मधेशका प्रत्येक युवालाई सन्देश दिनका लागि उनी विना दहेज विवाह गरिरहेका छन् ।
मध्येपुरा, राजविराज सप्तरीका बाबु तेजश्वी प्रसाद सिहं र आमा निर्मला सिहंको छोरा डा। सिहंले जनकपुरकी प्रिती सिंहसँग यही फाल्गुणमा ‘इन्गेजमेन्ट’ गर्नुभएको छ । जनकपुर निवासी बुवा अवधेश कुमार सिहं र आमा प्रनिता सिंहको छोरी प्रिती सिहं एमबिएस गर्नुभएको छ । आउँदो वैशाख ९ गते जनकपुरमा सामाजिक सुधार ऐनले गरेको प्रावधान अनुसारको सिमाभित्र रहेर सिमित जन्तिहरु लिएर विवाह गर्ने योजना रहेको डा। सिहंले बताउनुभयो ।
डा. सिहले बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियानको सद्भावना दुत पनि हुनुहुन्छ । आफूले समाज प्रतिको दायित्व र गरेका वाचा अनुसार विना दाइजो विवाह गर्न लागेको डा। सिहंले बताउनुभाये । मधेशी समुदायमा डाक्टर, लेखक, कलाकार र राम्रो छवि भएको व्यक्तिलाई निकै मोटो रकमको दाइजो सजिलै पाउने अवस्था हुँदा हुँदै आफूले विना दाइजो विवाह गर्न लागेको जानकारी गराउनुभयो ।
२०७१ असोज २४ गते आयोजित एक कार्यक्रममा कलाकार डा. सिहले गरेको प्रतिवद्धता पुरा गर्न लाग्नु भएको हो । बाल विवाह एवम दाइजो अन्त्यका लागि सामाजिक मान्यता परिवर्तन सामाग्रीहरुको विमोचन कार्यक्रममार्फत डा। सि। के सिहंले विना दाइजोको विवाह गर्ने प्रतिवद्धता गर्नुभएको थियो ।
तेश्रो विश्व बालिका दिवस तथा बाल विवाह एवम दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालको आठौं वार्षिकोत्सवको अवसरमा आयोजिक कार्यक्रममा मूख्य सचिव लीलामणि पौड्याल र राष्ट्रिय योजना आयोगका सदस्य डा। विमला राई पौड्यालको पनि उपस्थिति थियो । सोही कार्यक्रममा डा।सिहले आफू विना दाइजो विहे गर्ने घोष्णा गरेपछि मुख्य सचिव पौडेलले उहाँको प्रसंशा गर्दै विहे आफू पनि आउने बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया