Khadya Bibhag

मधेशको नाममा व्यापार गर्ने महतोसँग सतर्क रहन झाको आग्रह

संघीय सदभावना पार्टीका अध्यक्ष एवं निवर्तमान उद्योगमन्त्री अनिल कुमार झाले संबिधानसभाको चुनावका बारेमा सकारात्मक कुरा गर्ने तर चुनाव हुन नदिने गतिबिधि भइरहेको बताउदैं त्यस्तो भए देश कठिन मोडतर्फ जाने चेतावनी दिनुभएको छ। झापा जिल्ला कार्य समितिको आयोजनामा झापाको बिर्तामोडमा भएको कार्यक्रममा उहाले राजनीतिक व्यापारीसँग सावधान रहन मधेशी जनतालाई सुझाव दिनुभयो।

राजेन्द्र महतोप्रति लक्षित गर्दै वहाँले “चार पक्षिय संयन्त्रमा रहने तर त्यसकै बिरोध गर्ने, मधेशी मोर्चाको नाममा फाइदा उठाउने तर मधेशीलाई कमजोर गर्ने षडयन्त्र गर्ने, पहाडमा संगठन छ भनेर पनि भन्ने र आफुलाई मधेशको सक्कली पार्टी पनि भन्ने जस्ता द्विबिधायुक्त कुरा गर्ने र द्वैधचरित्र प्रदर्शन गर्ने पार्टी र राजनीतिक व्यापारीसँग सावधान रहन मधेशी जनतालाई उहाँले सुझाव दिनुभयो।

शोषित पीडित मधेशी, आदीवासी जनजाति, पीछडिएको क्षेत्र, वर्ग र समुदायको जनताको पहिचान, राज्यको सबै अंगमा उनीहरुको पहुच, सबै जननिर्वाचित निकायमा समानुपातिक प्रतिनिधित्व, मधेशी जनताको चाहना अनुसारको समग्र र स्वायत मधेश प्रदेश, जल, जंगल, जमिन जस्ता प्राकृतिक श्रोत र राजस्व बाँडफाँडमा उनीहरुको समुचित हिस्सेदारी सहितको अधिकारको संबैधानिक प्रत्याभुतीका निम्ति संबिधानसभाको आगामी निर्वाचनमा मधेशवादी संघर्षका अग्रणी पार्टी सदभावनाका मूलधार र उत्तराधिकारी पार्टी “संघीय सद्भावना पार्टी“ झण्डा मुनि एकताबद्ध हुन र मतदान गर्न तमाम शोषित, पीडित र उपेक्षित मधेशी, आदीवासी जनजाति र अन्य पीछडिएका क्षेत्र र वर्गका जनसमुदायलाई उहाँले आग्रह गर्नु भयो ।

उहाँले “शान्ति, समृद्धि, अधिकार र पहिचान, संघीयता सहितको लोकतान्त्रिक संबिधान” पार्टीको मूल नारा रहेको तथा स्व. गजेन्द्र नारायण सिंह र बाबा रामजन्म तिवारीको चाहना, एकिकृत नेपाल भित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदायको परिकल्पना” थियो भन्नु हुंदै संघीय सदभावना पार्टी उक्त दुबै नारालाई मन्त्रको रुपमा आत्मसात गरेको र त्यसैको परिपुर्तिका लागी संघर्षरत रहेको स्पष्ट पानु भयो ।

मधेशका सच्चा सपुत स्व. गजेन्द्र बाबुका अनुयायीहरुको पार्टी संघीय सदभावना पार्टी लाई आउदों निर्वाचनमा जनादेश दिन आग्रह गर्नु भयो । देश अब निर्वाचन तर्फ उन्मूख भएकोले हाँस चुनाव चिन्हमा मतदान गरेर निर्वाचन पछाडी संघीय सदभावना पार्टीलाई एउटा सशक्त राजनीतिक दल बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । आप्mनो दल संघीय सदभावना पार्टी बृहद मधेशी एकताको पक्षमा रहे तापनि यदी त्यस्तो हुन नसके आगामी निर्वाचनमा सशक्त रुपमा प्रस्तुत हुन व्यापक तैयारीमा जुटन कार्यकर्ताहरुलाई निर्देशित गर्नु भयो ।

झाले राष्ट्रिय राजनीति, मधेशको राजनीति, मधेशवादी दलहरुको अवस्था, संघीय सद्भावना पार्टीको उद्देश्य, कार्यक्रम, आगामी निर्वाचनमा पार्टीको रणनीति मधेशवादी दलहरु बीच सहकार्यको औचित्य र संभावनाका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

झापा जिल्ला कार्य समितिको आयोजनामा झापाको बिर्तामोडमा  “संघीय सदभावना पार्टी, जिल्ला कार्यकर्ता बैठक, झापा” पार्टीका जिल्ला अध्यक्ष आश्विनलाल राजवंशीको अध्यक्षतामा सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया