Khadya Bibhag

\’पूर्वाञ्चल विश्वविद्यालयको भूमिका र अबको बाटो\’ विशेष कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौँ, माघ ११ गते । नेपाल विद्यार्थी संघ, पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिले \’पूर्वाञ्चल विश्वविद्यालयको भूमिका र अबको बाटो\’ नामक एउटा विशेष कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 
राजधानीमा बुधबार अयोजित सो कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न कलेजका सञ्चालक, प्राध्यापक, अन्य दलका प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिका कार्यवाहक अध्य्क्ष लोकेन्द्र भण्डारीले सभापतित्त्व रहेको उक्त कार्यक्रममा अधिवक्ता तथा नेविसंघ केन्द्रिय सदस्य उज्ज्वल राम घिमिरेले \’उच्च शिक्षामा पूर्वान्चल विश्वविद्यालयको भूमिका र अबको बाटो\’ शिर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेविसंघका उपसभापति सागर परियार, विद्यार्थी नेता किशोर गुरुङ, राजेश्वोर कमली, बि.के बस्नेत लगायतकाले मन्तव्य राख्नुभएको थियो । यस्तै कलेजका सञ्चालक गोपी कृष्ण न्यौपाने, नवराज पोखरेल, सोनु कुमारी श्रेष्ठ, मिरा खनाल, तारा रम्तेल, जितेन्द्र मान अमात्य, प्रदिप राज पौडेल, जगदीश नेपाल र ज्ञानु बस्नेतले विश्वविद्यालयको गुणस्तरीय शिक्षा र प्राज्ञिक वातावरण निर्माणका लागि सबै सरोकारवालाहरु एक ठाउँमा हुनु पर्नेमा जोड दिनु भएको थियो । 
कार्यक्रममा एफअटीएस नेपालका कार्यवाहक अध्यक्ष भुवन भट्ट, प्रतिमा भट्ट तथा कलेजका इकाई सभापतिहरु विदेश प्रकाश ओली केसिसि कलेज, कनक देवकोटा हिस्ट कलेज, लोकेन्द्र साउद एक्मी कलेज, शिशिर दवाडी मोर्गन कलेज लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम हिलसाइड इन्जिनियरिङ कलेजका इकाई सभापति अन्जन चालिसेले सञ्चालन गर्नुभएको थियो । सो भेलाको निष्कर्ष विश्वविद्यालयको उपकुलपतिलाई बुझाएर अविलम्ब कार्यान्वनमा लैजान दवाव दिने उपसभापति किशोर गुरुङले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया